विश्व सुन्दरीको उत्कृष्ट ३० अर्थात सेमिफाइनमा श्रृंखला खतिवडा

0
255

काठमाडौं । हेटौडा जिल्लाको मनवानपुरमा बामपन्थी परिवारमा जन्मिएकी श्रृंखला खतिवडा, २४ जना प्रतिस्प्रधिलाई उछिन्दै मिस नेपाल बन्दा नै चर्चा र विवादको विषय बनेको थियो । संवृद्ध नेपाल सुखी नेपाल विषयमा उनले त्यो बेला उत्कृष्ट धारणा राखेकी थिइन । बामपन्थी दृष्टिकोणबाट हेर्दा सुन्दरी प्रतियोगितालाई राम्रो मानिदैन ।

पूँजीवादले सुन्दरी प्रतियोगिताको नाममा महिलाहरुको नग्नता प्रस्तुत गर्ने तथा आफ्नो उपभोक्तावादी संस्कृतिलाई प्रोत्साहित गर्ने विश्लेषण गरिन्छ । यसप्रकारको अन्तरविरोधकाबीचबाट श्रृंखला अहिले चीनमा भैरहेको विश्व सुन्दरी प्रतियोगितामा १२१ देशका सुन्दरीहरुलाई पछार्दै उत्कृष्ट ३० अर्थात सेमिफाइनसम्म पुगीसकेकी छन् ।

२२ बर्षिय आर्किटेक्चरकी विद्यार्थी श्रृंखला, विश्वव्यापीरुपमा नै राम्रो भोट प्राप्त गर्दै डिसेम्बर ८ गतेको अन्तिम प्रतिस्प्रधामा उत्कृष्ट हुने दावि गरिदैंछ । मकवानपुरको कैशाश गाउपालिकाको चेपांग गाउ जहाँ ८६ प्रतिशत बालविवाह हुने गर्दछ, जसका कारण महिला तथा बालबालिकाहरु चाँडै नै रोगको शिकार हुने गर्दछन्, त्यो ठाऊमा स्वास्थ्य चौकि निर्माण गर्ने श्रृंखलाको लक्ष्य रहेको छ । उनको यसप्रकारको उत्कृष्ट सामाजिका कार्यको भिडियोले पनि उनलाई प्रबल दाबेदारीको रुपमा हेरिदै छ । अहिलेको चीन बसाईको क्रममा पनि उनले नेपाली कला, संस्कृति, रितिरिवाजको को व्यापकरुपमा प्रचार प्रसार गर्दैछिन् ।

सुन्दरी प्रतियोगिता मूलरुपमा गलत नै हो तर पनि व्यक्तिगतरुपमा श्रृंखलाले विश्वस्तरमा नेपाललाई चिनाउन जुन भूमिका खेलीरहेकी छन् त्यसको सम्मान गर्नु पर्ने नै हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here