विपलव माओवादी पनि संविधान संशोधनको पक्षमा

0
157
RSS

काठमाडौं । सरकारले असन्तुष्ट समूहहरूसँगको वार्ताको क्रम अगाडि बढाइरहेको बेला नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि वार्ताको अवसरको सदुपयोग गरी निकास खोज्नुपर्ने सुझाव दिएको छ ।

सरकारी वार्ता टोलीकी एक सदस्य समेत रहेकी लीला भण्डारील चन्द नेतृत्वको दलले राजधानी काठमाडौंमा आमसभा गर्दै संविधान संशोधनमार्फत् सबैको माग सम्बोधन हुनसक्ने बताइन् ।

सभामा बोल्दै सो दलका नेता खड्गबहादुर विश्वकर्माले देशमा फेरि पनि द्वन्द्व चर्किन सक्ने चेतावनी दिँदै भने, “नेताहरू रातारात अर्बपति भएका छन् । राष्ट्रघाती कदमलाई नसच्याउने हो भने नेपाली जनता आफ्नो राष्ट्रिय स्वाधीनताका लागि नेपाली जनता सबैसबै राष्ट्रिय सेनामा बदलिनेछ ।”

सरकारी वार्ता टोलीले २० भन्दा बढी असन्तुष्ट समूहहरूसँग वार्ता गरेपनि चन्द नेतृत्वको दलसँग वार्ता गर्न सकेको छैन । यो परिवेशमा राजनीतिक विश्लेषकहरुले चन्द नेतृत्वको दलले हिंसाको बाटो रोज्न सक्ने जोखिम रहेको आँकलन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here