वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गरेन : पोखरेल

0
288

माघ १९, दाङ । कसैले धर्मका नाममा वा अरु कुनै नाममा देशमा प्रतिगामी सपना देख्छन् र चाहना राख्छन् भने त्यो दिवा सपना मात्र हुने राष्ट्रिय जनमोर्चा दाङ देउखुरीद्वारा आयोजित बिरोध सभामा बोल्ने बक्ताहरुले जोड दिएका छन् ।

राष्ट्रिय जनमोर्चा दाङ देउखुरीद्वारा माघ १९ राजाले साही घोषणा गरेको कालो दिनको बिरोधमा आयोजित संघीयता, राष्ट्रिय बिखण्डन र प्रतिगमनको खतराका विरुद्ध संघर्स गरौ ! महङ्गी, भ्रष्टाचार, हत्या, हिंसा र बलात्कारको अन्त्य गरौं भन्ने मुल नाराका साथ सम्पन्न बिरोध सभामा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका थिए ।

उक्त सभालाई सम्बोधन गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौंका केन्द्रीय अध्यक्ष बिमल पोख्रेलले संघीयताकै कारण देशमा भ्रष्टाचार र अनियमितता बढेको, कर वृद्धि भएको र महङगी बढेको बताए । पोखरेलले अहिलेको सरकारले जनताको कुनै काम नगरेको र यो जनताको सरकार पनि हुन नसकेको बताए ।

यसैगरी सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियोे ।

यसैगरी सभामा तराई मधेस जनबादी मोर्चाका केन्द्रीय उपाध्यक्ष हनुमान चौधरी, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य पुर्णिमा आचार्य, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य कपिलदेब खनाल, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका जिल्ला अध्यक्ष हरि थापा लगायतले मन्तब्य राख्नु भएको थियोे ।

पदम गोराथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रक्तिम साँस्कृती अभियानका महासचिव नारायण योगी, अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्य प्रेम नारायण आचार्य, अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष भानु जियम, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सल्लाहकार कृष्ण गिरी लगायतको आतित्थ्यता रहेको थियोे ।

जिल्ला सदस्य ठाकुर आचार्यको अध्यक्षता तथा रामकृष्ण आचार्यले कार्यक्रम संचालन गर्नुभएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here