दाङ/ राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्ययले लिपुलेक र कलापानीको कुरा औलाउदै र यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नु पर्ने बताउनुभएको छ ।र राष्ट्रि जनमोर्चा लमही नगर समितिको आयोजनामा सोमबार लमहीमा सम्पन्न सिमा अतिक्रमण र राष्ट्रियता विषयक अन्तर्कृया कार्यक्रममा अबधारण पत्र पेस गर्दै आचार्यले उक्त कुरा व्यक्त गर्नु भएको हो ।
उहाँले भारतले सधैं नेपालको राष्ट्रियता माथी गिद्दे नजर लगाउने भएकोले यतिबेला सिङो देश राष्ट्रियताको मुद्दामा एक ठाउँ भएको बेला यो मुद्दालाई अघि बढाएर समस्याको समाधान गर्नु पर्ने कुरा बताउनु भयो ।
कार्यक्रममा रक्तिम सास्कृतिक अभियानका केन्द्रिय सल्लाहकार नारायण योगि नेकपाका वसन्त शर्मा नेपाली, काङ्ग्रेसका कर्ण बहादुर बुढाथोकी, ने क पा क्रान्तिकारी माओवादीका रामचन्द्र घिमिरे, शिक्षा प्रेमी तथा बुद्धिजीवी दामोदर पान्डे र सशिधर ज्ञवाली, सामुदायिक रेडियो प्रसारक संघ अकोरामका प्रदेश अध्यक्ष के पि घिमिरे, पत्रकार महासंघ दाङ साखा उपाध्यक्ष लिला साह, अखिल नेपाल युबक संघका केन्द्रिय उपाध्यक्ष चित्र एम सि, पत्रकार दसरथ घिमिरे , राधेश्याम गुप्ता दिबाकर पोख्रेल लगायतले मन्तव्य राख्नु भएको थियोे ।
नगर अध्यक्ष हरि थापाको अध्यक्षता सल्लाहकार पदम गोराथोकी को स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सचिब लेखराज आचार्यले गर्नु भएको थियोे ।