चेन्नई, भारत/ कालीगण्डकी गाउँपालीका वाड नं ७, भुर्तुङ तल्लाथर निवासी चन्द्र नेपालीका छोरा हेम बहादुर नेपाली करिव बर्ष ५० का हेम बहादुर नेपाली गोरखपुरबाट चेन्नई जाने क्रममा हराएको उनका छिमेकी नर बहादुर क्षेत्रीले बताएका छन् ।
नेपाली नरबहादुर क्षेत्रीका परिवारसंग ३ जनवरी २०२० मा गोरखपुरबाट राप्तिसागर एक्सप्रेस द्वारा चेन्नैतर्फ लागेका थिए । हेम बहादुरको टिकट कन्फर्म नभएको हुँदा छिमेकी नर बहादुर क्षेत्रीका परिवारहरूको टिकटमा यात्रा गरेका रहेछन। तर रेलको डब्बा भने फरक फरक परेको रहेछ । कानपुरसम्म निज आएको नर बहादुरकी श्रीमतिले बताउछीन।
ट्रेन १४ घन्टा ढिलो भई ५ जनवरीको दिउसो ३ बजे ट्रेन चेन्नई पुगेछ तर एउटै ट्रेनमा भएपनि फरक-फरक डिब्बामा रहेको हुँदा आपसमा भेट भयन । हालसम्म पनि उहाँ कतै पनि सम्पर्कमा नआएपछि मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले खोजी कार्य शुरु गरेेेको नेता महेन्द्र बस्यालले जानकारी दिनुभयो ।
गहुगोरो, ५:५ फुट उचाई, बाल फुलेका कालो जगेट लगाएका, तमिल र तेलुगु सामान्य बोल्न सक्ने निज हेम बहादुर नेपालीलाई कुनै महानुभाव ले फेला पारेमा छिमेकी नर बहादुर क्षेत्रीको मोवाइ नंबर 7708492410 र कमल बिक को मोवाइल नं 90741 88326 मा सम्पर्क गरि दिनु अनुरोध गरिएको छ । खोजीकार्यमा सहयोग पुर्याउन विभिन्न संघ संस्था एवं भारतस्थित नेपालीमा मूलप्रवाहले अपील गरेको छ।