राष्ट्रिय जनमोर्चा सुनसरीको प्रथम सम्मेलन सम्पन्न

0
209

माघ ७, सुनसरी । राष्ट्रिय जनमोर्चाको ऐतिहासिक प्रथम सुनसरी जिल्ला सम्मेलन जिल्लाको बराहक्षेत्र नपा (चक्रघट्टी) मा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन महासचिव जनकराज शर्माले गर्नुभएको थियो । शर्माले मैनबत्ती बालेर सम्मेलनको विधिवत उद्घाटन गर्नु भएको थियो ।

सम्मेलनमा राष्ट्रिय जनमोर्चा प्रदेश सचिव बालकृष्ण सुवेदीको सञ्चालन र अखिल नेपाल युबक संघ केन्द्रीय सदस्य क. आशिस जबेगु लिम्बु, अनेरास्ववियु(छैठौं) केन्द्रीय सदस्य क. बबिन राई, अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय सदस्य क. तुलमान राई, रक्तिम सांस्कृतिक अभियान प्रदेश अध्यक्ष क. सुरेन्द्र भण्डारी, सचिव क. पुर्ण जिज्ञासु, राष्ट्रिय जनमोर्चा १ न. प्रदेश अध्यक्ष क. योगेन्द्र ढकाल, उपाध्यक्ष क. हरिकान्त शर्मा, नेकपा (क्रान्तिकारी माओवादी) सुनसरी जिल्ला सेक्रेटरी क. पेमा लामा र पत्रकारहरुको आतिथ्यता रहेको थियो ।

राष्ट्रिय जनमोर्चाको सुनसरी जिल्ला सदस्य क. विशाल पहाडीको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलन को प्रमुख अतिथि रक्तिम कलाकार हरु को बेजोड नृत्य र गायन प्रस्तुति समेत रहेको कार्यक्रममा अतिथीहरु ले सुभकामना मन्तव्य राख्नु भएको थियो ।

सम्मेलनले अमृत पाण्डेको अध्यक्षतामा १७ सदस्यीय सुनसरी जिल्ला समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– किशोर राई, सचीव– बिष्णु खवास, सहसचीव– धर्मराज बस्नेत, कोषाध्यक्ष– मुक्ती सुवेदी रहेका छन् । त्यस्तै सदस्यमाः हरिलाल अधिकारी, बालकृष्ण सुवेदी, लक्ष्मीकान्त ओझा, टेकनारायण यादव, बिमला तिमिल्सिना, शान्ता चौधरी, लक्ष्मी राई र इन्दिरा पोख्रेल रहेका छन् । त्यस्तै सम्मेलनले विशाल पहाडी, दिप खड्का, बाबुराम चौहान र इश्वरी सुवेदीलाई सल्लाहकार चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here