राम्रीमा भएको बस दुर्घटनाप्रति राजमो दाङद्वारा समवेदना

0
349

पौष ७, दाङ । दाङको राम्रीमा भएको बस दूर्घटनाप्रति राष्ट्रिय जनमोर्चा दाङद्वारा समवेदना प्रकट गरिएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यले एक विज्ञप्ती जारी गरि सो समवेदना प्रकट गरिएको हो ।

“हिंजो पौष ६ गते कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराही दाङका विद्यार्थीहरुको शैक्षिक अध्ययन अवलोकन भ्रमण पछि फिर्ता हुँदै गर्दाको बस सल्यान तुल्सीपुर सड्क खण्डको राम्रीमा दूर्घटना भई ठूलो संख्यामा मानवीय क्षती हुनुको साथै घाइतेहरु समेत भएको घटनाले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चालाई स्तब्ध बनाएको छ ।” आचार्यले भन्नु भएको छः– “सोही घटनामा हाम्रो पार्टी निकट अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष रामबहादुर जिएमको छोरा तथा अखिल (छैठौं) जिल्ला सदस्य विजय जिएम सहित धेरै विद्यार्थी तथा शिक्षकहरुको निधनले सिंगो मानव समुदायलाई नै स्तब्ध तथा मर्माहत पारेको छ ।”

यस घटनामा निधन हुने सबैप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्नुका साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शोकाकुल परिवारजनमा राजमो दाङले गहिरो समवेदना प्रकट गरेको छ । पार्टीले पीडितहरुलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारको लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाउन र यस प्रकारका घटना नियन्त्रण र कमजोरी पहिचान गर्न राज्य र सम्बन्धित सबैलाई ध्यानकर्षण गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here