रक्तिमले सम्पन्न पार्यो प्रगतिशिल रचना बाचन कार्यक्रम

0
255

पोखरा । रक्तिम साँस्कृतिक अभियानले प्रगतिशिल रचना वाचन कार्यक्रम भब्य एवं सभ्य रुपमा सम्पन्न गरेको छ । कला साहित्य र सँस्कृती समाजिक पहिचान्, साँस्कृतिक रुपान्तरण हाम्रो अभियान भन्ने मुल नाराका साथ अघी बढेको कार्यक्रममा वरिष्ठ साहित्यकार गेहेन्द्र पोखरेली, रामराज रेग्मी, साहित्य शृङ्खलाका अध्यक्ष लोकनाथ पुडासैनी, गण्डकी साहित्य संगमका सचिव नारायण मरासिनी, लगायत अर्जुन शर्मा, प्रताप पौडेल, दीपा थापा, गङा शर्मा, सदिक्ष्या शर्मा, दिल्लिराज बस्याल, सन्तोष न्यौंपाने, कमलराज रेग्मी लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव आकाश गौतम, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष बिक्रम थापा, साहित्य शृङ्खलाका निवर्तमान अध्यक्ष यादवराज उपाध्यय, संगम साँस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले श्रेष्ठले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका बीच–बीचमा रक्तिम साँस्कृतिक अभियान र संगम साँस्कृतिक मञ्चका कलाकारहरुले साङगितिक प्रस्तुती राख्नु भएको थियो ।

रक्तिम साँस्कृतिक अभियानका कास्की जिल्ला अध्यक्ष बिमल पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन ईन्द्रमणी पाण्डेले गर्नुभएको थियो भने कलाकारहरु द्वारा गित मार्फत स्वागत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here