रक्तिमको राष्ट्रिय भेला बुटवलमा सम्पन्न, अध्यक्षमा रेम राना, महासचिवमा जीवन शाही

0
393

बुटवल । रक्तिम सांस्कृतिक अभियानको मंगलबार बुटवलमा सम्पन्न भेलाले अध्यक्षमा रेम राना र महासचिवमा जीवन शाहीलाई चयन गरेको छ ।
यसैगरी उपाध्यक्षमा मानबहादुर भण्डारी, सचिवमा हेमराज आश्रम, कोषाध्यक्षमा विष्णु शर्मा, सदस्यहरुमा भरत श्रेष्ठ,बाबुराम आचार्य, विष्णु केसी, दानबहादुर थापा, गीता थापा, दानबहादुर शारु, उषा तरामु, विशाल पहाडी, सीता बस्याल र एक पूर्ण सदस्य रिक्त रहेको छ भने ४ बैकल्पिक पनि रिक्त रहेको छ । भेलाले निवर्तमान भेला आयोजक समितिका संयोजक नारायण योगी, लक्ष्मी गुरुङ, शुसिला थापा र मधु क्षेत्रीलाई सल्लाहकारमा चयलन गरेको छ ।
भेला १५ बुदे आगामी नीति तथा कार्यक्रम समेत पास गरेको छ । जस अनुसार अभियानको स्थगित चौथो राष्ट्रिय सम्मेलन २०७६ साल भित्र सम्पन्न गर्ने, संगठनका आधार भएका जिल्लाहरुमा बढी भन्दा बढी कला र साहित्यका विभिन्न विधामा प्रशिक्षण संचालन गर्ने, देशका सवै जिल्ला र प्रदेशहरुमा संगठन विस्तार गर्न पहल गर्ने, अभियानको मुखपत्र रक्तिम अभियान लाई व्यवस्थित गरी प्रकाशनमा ल्याउने र तत्काल दोस्रो अंक प्रकाशनमा ल्याउने, विभिन्न विधाका रक्तिम सांस्कृतिक अभियानका प्रशिक्षकहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षक प्रशिक्षण संचालन गर्ने कार्यक्रम तय गरेको छ । त्यसैगरी गीति एल्वम भाग १३ प्रकाशनमा ल्याउने,कलाकारहरुको सैद्धान्तिक बैचारिक स्तर उठाउन २०७६ साल भित्र राष्ट्रिय स्तरको सैद्धान्तिक प्रशिक्षण संचालन गर्ने, रक्तिमको प्रशिक्षण अभियानलाई व्यवाहारिक र जनसंगठन निर्माण मुखी बनाउन पहल समेत गर्ने भएको छ ।

रक्तिम सांस्कृतिक अभियानको आन्दोलनलाई सशक्त र सुदृढ बनाउन विभिन्न विधाका पूर्णकालिन कार्यकर्ता निर्माण गर्न पहल गर्नु कासाथै अभियानसंग जोडिएका देशविदेशमा छरिएर रहेको कलाकारहरुलाई अभियानमा सरिक गराउन सक्रिय पहल गर्ने, साहित्यका विभिन्नि विधाका संघ–संस्था र प्राज्ञिक व्यत्विहरुसंग समन्वय गरी साहित्य कलाको उन्नयनका लागि अन्र्तक्रिया, गोष्ठी, छलफललाई निरन्तरता दिन पहल गर्ने,सम्पूर्ण जनपक्षिय कलाकारहरुको हक हितका पक्षमा संघर्ष गर्ने,रक्तिमका गीतहरुको गीति संगालोलाई प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । भेलाले लोककला, लोक साहित्य, लोक संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि सम्बन्धित निकायमा दबाव दिन पहल गर्ने,विभिन्न भाषामा जनवादी गीतसंगीत प्रकाशन गर्न गराउन पहल गन लगायतका आगामी कार्यक्रमहरु पारित गरेको महासचिव जीवन शाहीले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here