युवक संघको राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा

0
277

काठमाडौँ । “राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तन, युवा अधिकार र जनतन्त्रको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ अखिल नेपाल युवक सङ्घले सुन्दर नगरी पोखरामा २०७५ वैशाख २८ देखि ३० गतेसम्म सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न गर्दैछ । सम्मेलनको मिति नजिकिदै जाँदा युवक सङ्घले राष्ट्रिय सम्मेलनको प्रचार प्रसार र भेलाहरु तीव्र गतिमा अगाडि बढाइरहेको छ । युवक सङ्घका केन्द्रीय नेताहरु यतिबेला जिल्ला भेला तथा सम्मेलनका कार्यक्रमहरुमा व्यस्त रहने गरेका छन् । राष्ट्रिय सम्मेलनको प्रचार प्रसार अघि बढ्दै जाँदा जिल्ला जिल्लामा अखिल नेपाल युवक सङ्घप्रति युवा जमातको आकर्षण पनि बढ्दै गइरहेको छ । नेकपा (मसाल) को सहायक मोर्चाका रूपमा परिचित अखिल नेपाल युवक सङ्घलाई नेपाली युवाहरुले आशाको केन्द्रका रूपमा हेर्न थालेका छन् ।

यसैबीच, युवक सङ्घका डोटी, नवलपुर र परासी जिल्लामा सम्पन्न भएको सम्मेलनका पछिल्लो समाचारहरु हामीलई प्राप्त भएका छन् ।

डोटी : सुदूर पश्चिमाञ्चलको डोटीमा अखिल नेपाल युवक सङ्घले २०७४ चैत्र २३ गते दोस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको छ । युवक सङ्घका केन्द्रीय अध्यक्ष तिलक थापाले उद्घाटन गर्नु भएको सो सम्मेलनले प्रशान्त थापाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

निर्वाचित समितिको उपाध्यक्ष शङ्कर विक, सचिव शिवराज भट्ट, सहसचिव सागर भट्ट र कोषाध्यक्ष सीता भट्टराई रहनु भएको छ । समितिका पूर्ण सदस्यहरुमा कृष्ण विक, वीरेन्द्र कठायत, लोकराज अवस्थी, कल्पना विक, धन बहादुर बोगटी र प्रकाश परियार रहनु भएको छ । वैकल्पिक सदस्यहरुमा दल बहादुर थापा, मोहन राज पनेरू, योगेन्द्र पल्लवी र पूजा विक रहनु भएको छ ।

डोटीको वायलमा सम्पन्न सो सम्मेलन उद्घाटन समारोहमा राजमो डोटीका उपाध्यक्ष मिन मलासीको विशिष्ट आतिथ्यता रहेको थियो । समारोहलाई राजमो डोटीका सचिव केशव नाथ योगी, सहसचिव डबल बोगटी, अखिल (छैठौं) डाृटीका अध्यक्ष डबल तिरुवा, जनजाति सम्मेलनका प्रतिनिधि कृष्ण पुन, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य नरेश आले, अखिल नेपाल किसान सङ्घका प्रतिनिधि देव नारायण योगी रहनु भएको छ । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहेको थियो । सम्मेलन उद्घाटन सत्रको अध्यक्षता प्रशान्त थापाले, सञ्चालन हेम विक्रम थापाले गर्नु भएको थियो भने स्वागत मन्तव्य रामचन्द्र भट्टले राख्नु भएको थियो । यस्तै बन्दसत्रको सञ्चालन शिवराज भट्ट, शङ्कर विक र पूजा विक रहनु भएको अध्यक्षमण्डलले गरेको थियो ।

नवलपुर : अखिल नेपाल युवक सङ्घ नवलपुरको सम्मेलन २०७४ चैत्र २४ गते सजहरमा सम्पन्न भएको छ । सङ्घका महासचिव अनिल किशोर घिमिरेले उद्घाटन गर्नु भएको सो सम्मेलनले लालसिंह मल्लको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गोविन्द अम्गाई, सचिवमा सुरज सुनार, सहसचिवमा सुधन थापा र कोषाध्यक्षमा कला राई चयन हुनु भएको छ । सदस्यहरुमा शालिक राम महतो, राहुल अधिकारी, अनिश परियार, दुर्गा लम्साल, प्रतिज्ञा पौडेल, भिमकान्त पौडेल र नारायण गिरी रहनु भएको छ ।

लालसिंह मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन चन्द्र सापकोटा र स्वागत गोविन्द अम्गाईले गर्नु भएको थियो । सम्मेलनमा नेकपा (मसाल) का पूर्व केन्द्रीय प्रवक्ता विमल शर्माको विशेष आतिथ्यता रहेको थियो । उद्घाटन समारोहमा वाAमपन्थी नेता भागिरथ भट्टराई, अन्टुकका केन्द्रीय उपाध्यक्ष शालिक राम सापकोटा, रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सदस्य खिमा पुन, युवक सङ्घका केन्द्रीय सदस्य योगेन्द्र पौडेल, राजमोका कृष्ण सापकोटाको समेत आतिथ्यता रहेको थियो ।

कैलाली । कैलाली जिल्लामा अखिल नेपाल युवक सङ्घले चौथो जिल्ला सम्मेलन सम्पन्न गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष तिलक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो सम्मेलनमा राजमोका केन्द्रीय सदस्यद्वय मनोज भट्ट र नन्दराज भट्टको विशिष्ट आतिथ्यतामा रहेको थियो । अत्तरिया बजारमा २०७४ चैत्र २६ गते सम्पन्न सो सम्मेलनले रामकृष्ण रेग्मीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा मेयरजङ्ग रेग्मी, सचिवमा नेत्र साउद, सहसचिवमा धर्मराज जोशी र कोषाध्यक्षमा शिखा पाण्डे रहनु भएको छ । समितिका पूर्ण सदस्यहरुमा नरेश राज गिरी, लक्ष्मण चौधरी, शेर बहादुर शाह र हर्क विक रहनु भएको छ । वैकल्पिक सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको छ ।

सम्मेलन उद्घाटन सत्र रामकृष्ण रेग्मीको सञ्चालन र कृष्ण विकको अध्यक्षतामा अघि बढेको थियो । सम्मेलनमा युवक सङ्घका केन्द्रीय सदस्यहरु प्रशान्त थापा, धनिराम आचार्य, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य लक्ष्मी रिजाल, किसान सङ्घका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, जनजाति सम्मेलनका केन्द्रीय सदस्य खडक राना थारू, अखिल (छैठौंं) का केन्द्रीय सदस्य उमेश कँडेल, जातीय समता समाजका केन्द्रीय सल्लाहकार शेर बहादुर विक, बुद्धिजीवी सङ्घका जगत जोशी र युवक सङ्घका पूर्व केन्द्रीय सदस्य शिवराज रेग्मीको समेत आतिथ्यता रहेको थियो । बन्दसत्रको कार्यक्रम मेयरजङ्ग शाही, रामकृष्ण रेग्मी र शिखा पाण्डे रहनु भएको अध्यक्षमण्डलले सञ्चालन गरेको थियो ।

परासी । अखिल नेपाल युवक सङ्घ परासीको जिल्ला भेला २०७४ चैत्र २४ गते सुनवलमा सम्पन्न भएको छ ।

कुलराज गौतमको अध्यक्षतामा सम्पन्न भएको सो सम्मेलनको उद्घाटन समारोहको सञ्चालन शिव रोकाले गर्नु भएको थियो भने स्वागत इश्वर थापाले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय कोषाध्यक्ष बाबुराम आचार्य रहनु भएको थियो । अतिथिहरुमा अन्टुकका धनपति सापकोटा, राजमो परासीका अध्यक्ष रेम राना, महिला सङ्घकी सम्झना सुवेदी, जनजाति सम्मेलनका शेर बहादुर सूर्यवंशी, शिक्षक तिलक सुवेदी, रक्तिमका मेघराज गौतम रहनु भएको थियो ।

भेलाले कुलराज गौतमको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ, जसको उपाध्यक्षमा अनिता क्षेत्री, सचिवमा शिव रोका, कोषध्यक्षमा लक्ष्मण जङ्ग हमाल र सहसचिवमा यम बहादुर थापा रहनु भएको छ । सदस्यहरुमा इश्वर थापा, पुनम विक, मधु अर्याल, दिपक पौडेल, सन्जोग खरेल र शशि गुरुङ रहनु भएको छ ।

– गोविन्द कुमार शर्मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here