तनहुँ । यो झोलुङ्गे पुल म्यादे ५ र भिमाद नः पा ६ जोडने पुल हो । यहाँ दैनिक २०० को हाराहारिमा स्कुले बालबालिका र मजदुरहरु ओहोर दोहर गर्दछन् ।
तर बिडम्मना स्वीटजरलेण्डको सहयोग र स्थानीय तहको सहयोगमा निर्माण भएको सो झोलुङ्गे पुल कुनै अज्ञात व्यक्तिहरुबाट तोडफोडको प्रयास भएको छ । स्थानीयहरुका अनुसार पुलका नटबोल्ट, लगायत छडहरु समेत तोडफोड भएको बताइको छ । त्यस्तै सो पुल निर्माणका लागि सहयोग दाताहरुको नाम उल्लेख रहेको शिलालेख भने छतविच्छत पारिएको छ ।
घटना पछि स्थानीय उपभोक्ता समितिका व्यक्तित्वहरुद्वारा पुलिस ठानामा प्राथमिक सुचना रिपोर्ट (FIR) दर्ता गराउन जाँदा समेत अस्वीकृत गरिएको स्थानीय उपभोक्ता समितिका एक सदस्यले बताए । निर्माण भइसकेको पुलको तोडफोडबाट नटबोल्टहरु, छडहरु र पाताहरु हराउँदै जाँदा भविष्यमा मानविय क्षति हुन सक्ने सम्भावना रहन्छ, यस प्रकारको गम्भिर विषयलाई समेत प्रशासनले लापरवाही गर्दा त्यसको जिम्मेवार को हुने भन्ने विषय टट्कारो छ ।
सो पुलको तोडफोड गर्ने कोशिस कसले गर्यो भन्ने खोजविन भएता पनि प्रशासन र सम्बन्धित सरोकारवालाहरु भने मौन रहेको पुल उपभोक्ता निर्माण समितिका एक जना जिम्मेवार सदस्यले बताए । उनै सदस्यका अनुसार सो पुल निर्माणका लागि उपभोक्ता निर्माण समिति गठन भएदेखि नै केही स्थानीय राजनीतिक हस्तीहरुको तिब्र अशोन्तोष बेलाबेलामा प्रकट हुने गरेको थियो तर स्थानीय जनताको बलियो सहयोगमा पुल निर्माण भएको थियो ।
सो पुल निर्माणमा रु. १५ लाख लागत भएको बताइएको छ । शिलालेखमा १२ हजार लागेको सुनिन्छ । यसरी सर्वाजनिक समरचना तोडफोड हुनु पक्कै पनि राम्रो पक्ष होइन । विगतमा पनि कैयौं राम्रा सामाजिक उपयोगका लागि स्थापित गरिएका धरोहरहरु समेत तोड गर्ने गरिएको इतिहासले देशपछि परेको कुरा कतै पुनः दोहोरिएको त होइन ?