मोदीले कस्मिरमा स्वेच्छाचारी नीति लादेकाे राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीकाे ठाेकुवा

0
103

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा जनप्रिय नेता चित्रबहादुर केसीले भारतीय साम्राज्यवादले कस्मिरमा स्वेच्छाचारी नीति लादेको ठाेकुवा गर्नुभएको छ । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वेच्छाचारी चरित्रका विरुद्ध नेपालमा पनि सङ्घर्ष अघि बढाउनु पर्नेमा जोड दिनुभएको छ ।
“भारतीय साम्राज्यवादको कस्मिरमाथि नाङ्गो नाच, त्यहाँमाथि भएको अतिक्रमण र इतिहासमा आफूहरूले गरेका सम्झौताले उल्लङ्घन गरेर स्वेच्छाचारी तथा फासिष्ट नीति त्यहाँ अपनाइरहेको छ” अध्यक्ष केसीले भन्नु भयो– “हामी नेपालका जनताले मात्र होइन, स्वयं त्यहीँ भारतका पनि कतिपय मानिसहरूले त्यो अतिक्रमणलाई मोदीको स्वेच्छाचारी तथा फासिष्ट चरित्रको पर्दाफास गरेर सङ्घर्षमा उत्रिरहेका छन् ।” भारतीय साम्राज्यवादले संविधानको धारा ३७० निलम्बन गरी कस्मिरका जनताको सार्वभौम अधिकारमाथि धावा बोलेको विरुद्धमा राष्ट्रिय जनमोर्चाले २०७६ भाद्र २ गते काठमाडौँ लैनचौरस्थित भारतीय दूतावास अगाडि आयोजना गरेको विरोध ¥याली पश्चात्को सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले उक्त कुरा बताउनु भएको हो ।
सम्बोधनका क्रममा अध्यक्ष केसीले भारतीय साम्राज्यवादले दक्षिण एसियाभरि नै बिगबिगी मच्चाइरहेको बताउनु भयो । “भारतीय साम्राज्यवादले दक्षिण एसियाभरि नै बिगबिगी मच्चाइरहेको छ । सिक्किम ३०० वर्षभन्दा बढी एक सार्वभौम राष्ट्र थियो । सन् १९७५ मा सिक्किम कब्जा ग¥यो भारतले । भुटानमा जातीय राज्य बनाएको छ, भारतीय साम्राज्यवादले । श्रीलङ्कामा जातीय राज्य बनाउन तामिलहरूलाई लामो समयसम्म हातहतियार सप्लाई गरेर तालिम दिएर श्रीलङ्का विभाजित गर्न भारतीय साम्राज्यवादले गरेको षडयन्त्र हाम्रा अगाडि छ” अध्यक्ष केसीले भन्नु भयो–“आज जम्मुकस्मिरमा सात लाख भारतीय सेनाहरू नाचिरहेका छन् । चार हजारभन्दा बढी कस्मिरी जनतालाई उनीहरूले धरपकड गरिरहेका छन्, जेल हालिरहेका छन् । यसरी हिन्दुवादका नाममा दक्षिण एसियाभरि नै भारतीय साम्राज्यवादले बिगबिगी मच्चाइरहेको छ ।”
अध्यक्ष केसीले कस्मिर जनताको सार्वभौम अधिकार खोसिँदा पनि नेपालका कथित बुद्धिजीवी र राजनीतिज्ञहरू चुँसम्म नबोल्नु विडम्बनापूर्ण रहेको बताउनु भयो । “आश्चर्यको कुरा त के छ भने राष्ट्रियताको कुरा गरेर नथाक्ने नेपालका बुद्धिजीवी, सत्तामा बसेका सत्ताधारी, राष्ट्रियता र नेपाली जनताको स्वाधीनताको कुरा गरेर नथाक्ने नेपालका राजनैतिक पार्टीहरू यतिबेला चुपचाप छन्” उहाँले भन्नु भयो– “अझ उनीहरू नै के पनि भन्छन् भने त्यो त भारतीयमा मिलाऔँ पनि भनिरहेका छन् । यदि त्यो भारतको आन्तरिक मामिला हुन्थ्यो भने जम्मुकस्मिरको आफ्नो छुट्टै झण्डा थियो कि थिएन ? आफ्नो छुट्टै विधान थियो कि थिएन ? आफ्नो विधायिका थियो कि थिएन ? त्यसकारणले त्यो उनीहरूको आन्तरिक घरको मामिला मात्र हो भन्ने त कुरै होइन ।” कस्मिरी जनताको सार्वभौम अधिकार खोसिँदा कुनै पनि देशका स्वाभिमानी जनता चुप लागेर बस्न नहुने उहाँको प्रष्ट विचार थियो । “नेपालका राजनैतिक पार्टी, राष्ट्रियताको कुरा गर्ने ठुला ठुला बुद्धिजीवी, एनजिओ, आइएनजिओमा जोडेर हिँडेर काम गरेर ज्यान पालेकाहरू कस्मिरी जनतामाथि भारतीय साम्राज्यवादको बुट बज्रिँदा आज किन चुप लाएर बसिरहेका छन् ?” अध्यक्ष केसीले भन्नु भयो– “उनीहरू किन चुप लाएर बसेका छन् भने साम्राज्यवादीहरूले हाम्रा जस्ता देशका शासकहरूलाई, बुद्धिजीवीहरूलाई, कैयौँ मान्छेहरूलाई किनिराखेका हुन्छन् ।”
सम्बोधनका क्रममा अध्यक्ष केसीले ब्रिटिस साम्राज्यवादले आफू हिँड्ने बेला भारतलाई हिन्दुस्तान र पाकिस्तान गरी दुई टुक्रामा विभाजन गरी गएको स्मरण गराउँदै साम्राज्यवादीहरूका हरेक चाल र षडयन्त्रदेखि नेपाली जनता पनि सचेत र सजग रहनु पर्ने बताउनु भयो । कस्मिरमाथिको भारतीय साम्राज्यवादको हस्तक्षेप विरुद्धमा आफूहरूले संयुक्त राष्ट्र सङ्घमा पनि ज्ञापन पत्र बुझाएको जानकारी गराउँदै उहाँले राजमोले यस प्रकारको विरोध अभियानलाई देशव्यापी रूपमा सञ्चालन गर्ने बताउनु भयो ।
विरोध सभालाई सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले भारतीय साम्राज्यवादले छिमेकी देशहरूप्रति सधै विस्तारवादी नीति अवलम्बन गर्दै आएको र नेकपा (मसाल) ले सधैँ त्यसको विरोध गर्दै आएको बताउनु भयो । भारतीय साम्राज्यवादको कस्मिरमाथिको हस्तक्षेप, अतिक्रमण र दादागिरीका विरुद्धमा सङ्घर्षमा उत्रन उहाँले स्वाभिमानी देशभक्त नेपालीहरूलाई आह्वान पनि गर्नु भयो ।
राजमोकी उपाध्यक्ष एवं प्रवक्ता सांसद दुर्गा पौडेल, महासचिव जनकराज शर्मा, कोषाध्यक्ष ओमबहादुर केसी, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष गंगा पौडेल लगायतका नेताहरूको समेत सहभागिता रहेको उक्त विरोध सभाको सञ्चालन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले गर्नु भएको थियो । त्यसअघि राजमोका नेता÷कार्यकर्ताहरू सम्मिलित रहेको विशाल जुलुसले शान्तिवाटिकाका रत्नपार्कदेखि जमल, दरबारमार्ग, नागपोखरी हुँदै भारतीय दूतावास रहेको लैनचौरसम्म विरोध ¥याली प्रदर्शन गरेको थियो । ¥याली राजमोका नेता÷कार्यकर्ताहरूले “भारतीय साम्राज्यवाद मुर्दावाद घ्”, “कस्मिरमाथिको अतिक्रमण बन्द गर”, “राष्ट्रिय जनमोर्चा जिन्दावाद”, “नेकपा (मसाल) जिन्दवाद” लगायतका नाराहरू लगाएका थिए । हाँक साप्तािहकबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here