सुमन थापा
म हारेर पनि जितेँ
आँसुको मूल्य
खोँचको गहिराइ
बलेँसिको थोपाहरु
मझेरिको सेपिलो ओस
अनवरत प्रयास आज..
आज जित बनेछ ।।
म फेरि फर्किए
मेरो जिवनको सहयात्री
मेरा पल हरु सङ्ग
नियालेर हेरेँ
मैले छोडेका ती ढुङ्गाहरु
कुनै देवता बनी सकेछन
कुनै गुलेलिका हतियार
सङ्गालेर सम्झनाका थैलिहरु
ओजिलो लाग्छ
पट्पटी फुटेका गोडा
तिमिले घृणा गरेका
परेलिका थोपाहरु
फर्केर नहेरी हिँडेका
तिम्रा पाइलाहरु
आज जित बनेछ
मेरो ढुकढुकिको
दलिनमा आज
सुस्ताउँछन, रमाउँछन
खुसी साट्न खोज्छन
बिस्तारै बिस्तारै
हिमालको फेँदि बाट
झुल्कने पहिलो किरण जस्तै
मेरा हिक्काहरु
दुख्दैनन अचेल
रुदैनन आज भोलि
बिहानिको शीत जस्तै
जुनको प्रकाश नहुँदो हो त
किन हेर्थे होलान ?
तारा हरु साक्षी नबस्थे भने
रातको आभाष किन हुन्थ्यो होला ?
मेरो जिवनको केही अंशहरु
भत्किए पनि टालिएछन
चिलाउने काउसोहरु
थन्को लागेछन
मेरो खुसी हरुमा
मेरो जितहरुमा ।।