मूल प्रवाहको पहलमा वलत्कारी गिरफ्तार

0
874
सुरत । गुजरातको सुरत शहरमा एक ५ वर्षीय नेपाली बालिका माथि बलत्कारको प्रयास् भएको समाचार प्राप्त भएको छ । उनी नेपाल कैलाली धनगढी नगरपालिका ७ निवासी ……. दम्पत्तीकी ५ वर्षीय छोरी ……….को रुपमा पहिचान खुल्न आएको छ । ति बालिकालाई गुजरातको सुरत स्थित युपीनगरको एसएमसी क्वाटरमा भाडामा बस्दै आएका ५२ वर्षीय छोटु भाई धोन्डा भाई निम्जेले बलात्कारको कोशिस गरिरहेको अवस्थामा बालिकाको १५ वर्षीय मामाले देखेका थिए ।
आरोपी व्यक्तिले ति बालिकालाई बलात्कारको प्रयास गर्दा गुप्ताङ्गबाट रगत बग्नुका साथै चोट समेत लागेको सुरतस्थित उमरा पुलिस ठानाले बताएको छ । पुलिस ठानाका अनुसार पीडित बालिकाको तिन दिनसम्म गुप्ताङ्गबाट रगत बगेको थियो । पुलिसका अनुसार घटना २७ नोभेम्बर २०१८ दिउँसो करिब २ः३५ बजेको हो ।
पीडित बालिकाका आफन्तजन, पुलिस प्रशासन र आरोपी सहितको सहभागितामा उक्त घटनालाई रफादफा गर्ने कोशिसमा मिलापत्र समेत भएको थियो । उक्त समाचार सुरत नगर समितिका सचिव नविन कार्कीले थाहापाएका लगत्तै केन्द्रीय सचिव प्रेम पौडेललाई जानकारी गराएका थिए ।
तत्पश्चात केन्द्रीय समितिका अध्यक्ष दुर्गा बहादुर केसीको नेतृत्वमा केन्द्रीय सचिव प्रेम पौडेल, क्षेत्रीय सदस्य टंक शाह, सुरत नगर समितिका सचिव नविन कार्की सहितको प्रतिनिधि मण्डलले उमरा पुलिस ठाना सिटीलाईटमा गई इन्सपेक्टरसँग छलफल गरि दोषीलाई तुरुन्त गिरफ्तार गरि कानुनी कार्यवाहीका लागि दाबाव दिएको थियो ।
प्रतिनिधि मण्डलको दबाव लगत्तै दोषीलाई गिरफ्तार गरि पुलिस ठानामा ल्याइएको थियो । दोषीलाई पुलिस कष्टडीमा राखी कानुनी प्रकृया अगाडि बढाइएको र हाल निज वालिकाको प्रथम चरणको मेडिकल परिक्षण समेत गराउन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सफल भएको छ ।
उक्त घटनामा कतिपय नेपाली संघसंस्थाहरुले उल्टै पीडित परिवारलाई धम्की दिने र प्रताडित गर्ने समेतको कार्य भएको थियो । त्यस प्रकारका संघ संस्थाहरुलाई समेत चुनौती दिंदै पीडित परिवारप्रति कुनैप्रकारको उत्पीडन अवमानवीय व्यवहार भएमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले शसक्त प्रतिकार गर्ने चेतावनी दिंदा नामधारी संघसंस्थाहरु भागाभाग परेका छन् ।
यसप्रकारको सह्रानीय कार्यले सुरत वासी नेपालीहरुको माझमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको लोकप्रियाता झनै बढेर गएको आम नेपाली जनहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here