अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक भुमिकास्थानको भेला सम्पन्न भएको छ । भेलाले अध्यक्षमा राम बहादुर थापा निर्बाचित हुनुभएको छ । नुवाकोटको पोखेडांडामा सम्पन्न प्रथम नगर भेलाले अध्यक्ष थापाको नेतृत्वमा ५ सल्लाहकार सहित १८ सदस्यीय नगर समितिको सर्वसहमत चयन गरेको हो ।
नव गठित नगर समितिको उपाध्यक्षमा लक्ष्मण खत्री, सचिव युवराज खनाल, सह–सचिव खेमराज भाट र कोषाध्यक्षमा शिव बञ्जाडे रहनुभएको छ । त्यस्तै सदस्यहरुमा तिलकराम भट्टराई, सुरज आचार्य, प्रकाश पौडेल, रिषि भुसाल, तिलकराम खनाल र राम प्रसाद खनाल रहनुभएको छ भने सल्लाहकार सदस्यमा सागर पोख्रेल,लक्ष्मी वि.क.,मदन वेल्वासे र केशव बन्जाडे चयन हुनुभएको छ ।
अन्टुक जिल्ला सचिव तथा भुमिकास्थान नगर भेलाका संयोजक इन्द्रमणी भुसालको अध्यक्षता, जिल्ला अध्यक्ष सिद्धिप्रसाद भट्टराईको प्रमुख आतिथ्यता र रामबहादुर थापाको सञ्चालनमा सम्पन्न भेला सम्पन्न भएको थियो ।
(–गोपाल प्रसाद भट्टराई)