कोयम्बटोरमा खेलकुद कार्यक्रम सम्पन्न

0
282

कोयम्बटोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोयम्बटोर नगर समितिको आयोजनामा खेलकुद कार्यक्रम सम्पन्न पारिएको छ । खेलकुद कार्यक्रममा चौमासिक रन्निंग भलिबल शिल्ड, घैटा फोर र शर्ट फुट खेलको आयोजन गरिएको थियो ।

लक्ष्मी प्रसाद शर्माको अध्यक्षता र नगर सचिब चन्द्र प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो । अतिथिहरुको आसन ग्रहण पछि रेशम थापाले स्वागत मन्तव्य दिनुभएको थियो । नगर समितिका सदश्य चिरनजीबी शर्माले शुभकामना मन्तव्य दिनुभएको थियो ।

क्षेत्रीय प्रतिनिधि तथा केन्द्रीय पार्षद सदस्य रविशंकर शर्माले खेल उद्घाटन गर्नुभएको थियो । शर्माले खेलको महत्व र खेलाडिहरुको सामाजिक क्षेत्रमा पुर्याएको योगदानको बारेमा मन्तव्य दिनु भयो ।

उक्त भलिबल खेल तर्फ ६ टिमले भाग लिएका थिए । जसमा: प्रथम अरसुर ए, द्वितीय कनुबाई ए र अरसुर विले तृतीय स्थान हासिल गरेको थियो । त्यस्तै उत्कृष्ठ खेलाडीको रुपमा अरसुर एरिया समितिबाट किसन बस्याल, अनुशासित खेलाडीको अरसुर कै प्रविन नेपाली चयन भएका थिए ।

उक्त भलिबल खेलमा प्रथम स्थान हाासिल गरेको अरसुर एरिया समिति ए टिमलाई रंनिंग शिल्ड, भलिबल, प्रमाण पत्र–मेडल, द्वितीय स्थान प्राप्त गरेको कनुबाई एरिया समितिलाई मेडल–प्रमाण पत्र र तृतीया स्थान हासिल गरेको अरसुर एरिया समिति वि टिम टिमलाई पनि मेडल–प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ठ र अनुशासित खेलाडीहरुलाई पनि पुरस्कृत भएका थिए । क्षेत्रीय प्रतिनिधि रविशंकर शर्मा, क्षेत्रीय समितिका सल्लाहकार रेशम थापाले खेलाडिहरुलाई पुरस्कार प्रदान गरेका थिए । बिजयी खेलाडी तथा टिमहरुलाई राम बहादुर शेनले बधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here