भारतमा बेपत्ता आमा १६ वर्षसम्म पनि नभेटिएपछि परिवार शोकमा

0
246

भरत पौडेल

नयाँ दिल्ली। गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नं १, छापहिले पात्लेखेत निवासी ३४ बर्षीया बिष्णु महतारा सन २००२ देखि भारतको उत्तर पश्चिमस्थित पंजाबको जालन्धरबाट बेपत्ता भएकी थिइन्। करीब दुई दशक बितिसक्दा पनि केही खबर नपाउँदा परिवारमा शोकमा छ। सम्पन्न परिवारको उदाहरण श्रीमान लगायत २ छोरी, १ छोरालाई छोडी एक्कासी वेपत्ता हुनु संकास्पद दृष्टिले देखिएको छ।

रोजगारीको शिलशिलामा लामो समय देखि भारतमा बसोबास गर्दै आएका महतारा परिवार बाट घरको मूल सदस्य नै वेपत्ता हुनाले वर्तमान समयमा परिवारको आर्थिक, भौतिक तथा पारिवारिक स्थिति नै नाजुक भएको छ।

भनिन्छ परिवारको मूल सदस्यमा नै सम्पूर्ण परिवारको भविष्य जोडिएको हुन्छ। परिवार देखि मुख्य सदस्य लापत्ता भएपछि परिवारको भविष्य अन्धकारमय बनेको छ। जसको जलन्त उदाहरण यतिखेर महतार परिवार बनेको छ।

वर्तमान समस्यमा जेठी छोरि बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत छन् भने, दुइ भाई बहिनिहरु नेपाल बसोबास गर्दै छन्। आमाको माया अनी एक न एक दिन आमा भेट्ने आसले छोरा(छोरीले विभिन्न सामजिक संजाल, आनलाइन मिडियाहरु देखि विभिन्न समाचार पत्रहरुको माध्यममा खोजी अभियानलाई निरन्तरता दिदै आइरहेका छन्। तर, विडम्बना परीणाम शुन्य छ।

सम्भावनास्

परिवारमा बिष्णु महतारा नै प्रमुख सदस्य थिईन। घरमा ३ स(साना बच्चाहरुको जिम्मेवारी, ४ वर्षीय दुधे बच्चा, श्रीमान नन्दराम महतारासंग राम्रो सम्बन्ध, घरको हिसाब(किताबका साथै सम्पूर्ण जिम्मेवारी बिष्णु महताराले नै हेर्नु पर्ने। यस अवस्थामा घरको जिम्मेवारी सहित परिवारलाई यस अवस्थामा छोडेर अरु कसैसंग भाग्ने सम्भावना देखिएको छैन।

यदि कसैको हस्तेमा लागेको भए पनी यती लामो समय सम्म कतै न कतै बाट पक्कै पनि जानकारी मिल्थ्यो होला। करीब दुई दशकको अंतराल सम्म पनि केही खबर नपाऊदा परिवारमा यतिखेर प्रश्न उत्पन्न भएको छ आखिर कहाँ छन त बिष्णु महतारा रु
सन १९९६ देखि २००६ सम्म माओवादी जनयुद्धले गर्दा नेपाली चेलीबेटी बेचबिखन गर्नेहरुका लागि स्वर्णिम काल जस्तै मानिन्छ, देशमा कानुन व्यवस्था अस्थव्यस्था थियो।

यस समयमा भारतको राजधानी दिल्ली सहित मुम्बई तथा पन्जाबमा नेपाली नागरिक प्रति शिथिल कानुन व्यवस्था, गरिबी, अशिक्षितको फाइदा उठाई विभिन्न किसिमका प्रलोभन मार्फत नेपाली चेलीहरुलाई जालमा फसाइ बेच्ने दलालहरु सक्रिय थिए। दलालका हात परेर दिल्ली, मुम्बई अथवा भारतको कुनै राज्यमा अलपत्र पर्ने सम्भावना बढ़ि देखिएको छ। खोजि अभियानका लागि बिष्णु महतारा हराउन साथ पन्जाबका विभिन्न अखबार देखि प्रहरी चौकी सम्म गुमशुदाको रिपोर्ट गरेका हुन। तर, सफलता हात पर्न सकेन।

नेपालीहरु लापत्ता केसमा मुख्यत संघ संस्था मार्फत खोज तलास नै प्रभावशालि देखिएको छ। तर, २००२ मा नेपाल जनयुद्धको चपेटमा हुनाले भारतमा कार्यरत संग संस्थाहरुलाई भूमिगत हुनु परेको थियो जसले गर्दा संस्थाहरु द्वारा प्राभावशाली खोजि अभियान हुन सकेको थिएन।

श्रीमती हराएको वियोगमा महतारा केहि महिनामा नै परिवार सहित नेपाल विस्थापित भए। नन्दराम महताराले भारत छोड्न साथ उनको उपरान्त भारत प्रवासमा खोजि अभियानलाई निरन्तर दिने पारिवारिक सदस्य नहुनाले सम्पूर्ण खोज अभियान नै अलपत्र भएको हो। श्रीमतीको वियोग अनी परीवारिक पीडाले गर्दा २००८ मा नन्दराम महताराको देहावसान भयो।

मलेसिया देखि आमालाई छोरिको संदेशस्

बाल्यकालमानै छोड्नु भएको कारण आज मलाई सायद चिन्न सक्नु हुन्न होला आमा तर म यी शब्दहरु अन्त्यमा मेरो बाल्यकालको र तपाईको तस्वीर राखेको छु आमा। तस्बिर हेरेपछि सायद तपाईलाई केही याद आउन सक्छ आमा।

आशा राख्छु आमा तपाई समक्ष मेरा यी सब्दहरु छिट्टै नै पुग्नेछन। मैले हजुरको दशधारा दूध चुसेको र हजुरको काखमा लडिबुडि खेलेको हरपल याद गरिरहदा हजुरलाई त्यो पल कसो याद न आउला र रु आमा ममताकि खानी, पिडा सहने त्यो अमिट्य बानी हजुर निष्ठुरी कहाँ बन्नु होला र आमा म सन्सार डुले मायावी सन्सारमा भुले हरेक अङ्ग प्रत्यङलाई ढाडस दिने कुटिल प्रयत्न गरे तरपनि अभाव छ यहाँ हजुरको ।

प्रभाव छ स्वभाव छ त्यही ममतामय भकारीकी आमा मलाई अन्तिम इच्छा केही छैन। बास हजुरको काखमा पल्टिएर धित मरुन्जेल रुन पाउ अनि हजुरलाई एकपटक स्पर्श गर्न पाउ। हजुरलाई देखेर म धन्य बन चाहन्छु, मेरो आमा फर्की आउनुहोस ।

नोटस् सन २००२ मा हराउदाको उमेर ३४ वर्ष भए अनुसार अहिले करिव ५० वर्ष उमेरकी बिष्णु महताराको बारेमा भारत तथा नेपालको कुनैपनि ठाउँमा देखा परेमा अथवा महतारा संग सम्बन्धित जानकारी भएमा साझा गर्नु सक्नुहुन्छ। जानकारी सत्य तथ्य भएमा उक्त व्यक्तिलाई नगद १०,००० ९आइ सी० पुरस्कार समेत दिईनेछ साथै जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिने छ। जानकारी दिनकोलागि सम्पर्क 9958288036 भरत पौडेल ९दिल्ली, भारत०।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here