भर्खरै भर्खरै

0
334

केशव गाहा पाल्पाी

नयाँ नयाँ राजा उदाएका छन् भर्खरै भर्खरै
थोरै थोरै आशा पलाएका छन् भर्खरै भर्खरै

अब यो देशले पनि छिट्टैनै फेर्छ की काँचूलि
गरीब ले सपना सजाएका छन् भर्खरै भर्खरै

द्वन्दमा नधकेल देशलाई थोरै शान्ति देउ
यी नयन हरु ओभाएका छन् भर्खरै भर्खरै

नदेउ सम्झना नेपालीलाई त्यो नाका बन्दीको
पींडाहरु भूलि रमाएका छन् भर्खरै भर्खरै

परदेश गएको छोरा घर फर्किन्छ फर्किन्न
धन कमाउन पठाएका छन् भर्खरै भर्खरै

*भूकंपले ढलेका बस्तीमा धुर्मुस र सुन्तलीले
नयाँ नयाँ बस्ती बसाएका छन् भर्खरै भर्खरै ।*
।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here