बरेङमा अखिल नेपाल युवक संघको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

0
347

बाग्लुङ । अखिल नेपाल युवक संघ बागलुङले “स्थानीय तहको अधिकार र बिकाश बजेट बृद्धि गर, मंहगी, भ्रष्टाचार र कालो बजारी नियन्त्रण गर !” भन्ने नाराका साथ सञ्चालन गरेको “जागौं युवा, लागौं युवा” बिशेष संगठनात्मक अभियान अन्तर्गत बरेङ गाउँपलिको भेला यहि माघ १३ गते बरेङ बजारमा सम्पन्न भएको छ । उक्त भेलाले दुर्गा थापा (हुग्दिसिर) अध्यक्ष रहेको ११ सदस्य गाउँपालिका स्तरीय समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सन्तोष पोखरेल (धुल्लुबास्कोट), माया पुन (बाटाकाचौर), कुल बहादुर खत्री (सल्यान), तारा प्रसाद पौडेल (धुल्लुबास्कोट) र सदस्यहरु तुल बहादुर थापा (धुल्लुबास्कोट), पदम खड्का (बरेङ), कृष्ण प्रसाद शर्मा (हुग्दिसिर), अनिता सुनार (बाटाकाचौर), धनिश्वर शर्मा (हुग्दिसिर), सोम शेर्पुजा (सुखौरा) रहनु भएको छ भने नारायण शर्मा, मीन बहादुर पुन, कमल पौडेल, इन्द्र बहादुर घम, चेतमान खत्री रहेको ५ सदस्यीय सल्लाहकार समिति समेत निवार्चित गरेको छ ।

युवक संघका गण्डकी प्रदेश सचिव सञ्जाल शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, राजमोका युवा नेता हिरा पुन, अखिल (छैटौं)का जिल्ला सदस्य आशिष गुरुङ र प्रगतिशील पत्रकार संघ तथा रेडियो बिहानीका स्टेशन म्यानेजर प्रकाश छन्त्याल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
युवक संघका जिल्ला सदस्य दुर्गा थापा सञ्चालनमा अगाडि बढेको कार्यक्रमको अध्यक्षता धनिस्वर पौडेल, स्वागत कृष्णप्रसाद शर्माले गर्नु भएको थियो ।

यसैगरी, माघ ११ बाट सुरु भएको युवक संघ बाग्लुङको १ न. टोलिले जागौं युवा, लागौं युवा अभियान बरेङ गाउँपालिकाको धुल्लु बास्कोटको लिउवाबाट जनभेट घाट, पर्चा र सदस्यता बितरण गर्दै बरेङ बजार, हुग्दिसिरका विभिन्न स्थानमा युवाहरूसँग भेटघाट गरि टोल टोलमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै अगाडि बढेको छ । त्यसै गरि यहि माघ १२ गते बरेङ गाँउपालिका वडा नं. ३ बाटाकाचौरको वडा भेला युवक संघका प्रदेश सचिव सञ्जाल शर्माको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो । कार्यक्रमको अतिथीहरुमा राष्ट्रिय जनमोर्चा बरेङ ३ का वडा अध्यक्ष पृथ पुन, जनप्रतिनिधि धनपती शर्मा, युवक संघका जिल्ला सदस्य दुर्गा थापा, जनमोर्चाका नेता पुण बहादुर श्रीस लगायत हुनु हुन्थ्यो । भेलाले अनिता सुनारको अध्यक्षतामा ९ सदस्यीय वडा समिति चयन गरेको छ । जसको उपाध्यक्ष प्रेम सुनार, सचिव अनिल आले, सहसचिव दाल माया श्रीस, कोषाध्यक्ष माया पुन, सदस्यहरुमा सन्तोष पुन, प्रकाश बिसि, रिता जैसी, गङ्गा श्रीस रहनु भएको छ । कार्यक्रमको अध्यक्षता अनिता सुनार, सञ्चालन कृष्ण प्रसाद शर्मा र स्वागत मया पुन ले गर्नु भएको थियो भने अतिथीहरुले विषयमा प्रशिक्षण दिनु भएको थियो ।

उक्त अभियानमा प्रदेश सचिव सञ्जाल शर्मा, जिल्ला सदस्य दुर्गा थापा लगायतका युवा नेताहरुको नेतृत्वमा स्थानीय युवाहरूलाई समावेश गराउँदै अगाडि बढिरहेको छ । युवक संघको अभियान १४ गते देखि १९ गतेसम्म जैमिनी नगरपालिकामा केन्द्रीत रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here