सागर कुवर
शिरहरु चुडिएर के भयो र ।
आस्था बाचिराखे हुन्छ।
शरीर ढलेर के भयो र ।
विचार जिवित भए हुन्छ।
हो त्यसैले म बन्धन मान्दिन।
————————————–
तिम्रा बन्धनका बारहरुले।
मलाई छेक्ने दुस्साहस नगर।
म बन्धनहरु तोड्न नै ।
अगाडि सरेको छु ।
तिम्रो बन्धनमा मैले ।
क्रान्तीको महासमर ।
मुक्तीको महायात्रा।
विजयको बाटो ।
देखेको छैन ।
जालझेल र षडयन्त्रको विस्कुन भित्र ।
उत्पीडित समुदायको।
अपेहेलित मान्छेहरुको।
शोषणका विरुद्ध लड्नेहरुको।
सुरक्षा मैले देखेको छैन ।
त्यहा सुरक्षित हुन त प्रिय ।
तिम्रो कुकर्मलाई पनि ।
तालि बजाएर, बाजा बजाएर ।
हो मा हो मिलाएर ।
हुरे हुरे भन्दिनु पर्छ ।
तर मलाई झुटहरुको पर्खाल लगाएर।
सत्यलाई लुकाउन मन छैन।
बलियो झुटको पर्खाल पनि।
सत्यले एक दिन ढलाइदिनेछ।
झुटको पर्खाल भित्र ।
तिम्रो दासताको कैदी बनेर।
मलाई हजुर हजुर भनेर ।
विन्ती विसाउनु छैन ।
हो, मैले तिम्रो बन्धन मान्दिन ।
अनेकौ गफ्फाजीमा तिमी ।
सत्यलाई पर्दापण गर्न सक्छु।
भन्ने पनि सोचेहौला।
त्यही भएर त म तिम्रो बन्धन मान्दिन।
तिम्रो झुटको चौघेरो।
नढलाए सम्म।
तिम्रो दन्त्य कथा।
नच्याते सम्म ।
तिम्रो हुकुमी शैली र शाषन ।
उठ्नै नसक्ने गरि ।
गर्ल्याम नढालेसम्म ।
यो यात्रा रोकिन्न ।
कसम यसरी खाइयो।
थाकिने छैन।
झुकिने छैन।
रोकिने छैन।
पहाडले छेक्न खोजे।
पहाड ढलाउने।
नदिले बगाउन खोजे ।
बाज बनेर उड्ने।
दुश्मनले घेराबन्दि गरे ।
जवाफी हमला गर्ने तर, हाम्रो आधारा इलाका बचाउने।
हाम्रा मित्रहरुलाई बचाउने।
अझ विषेशत।
हाम्रो विचार बचाउने।
यसरी खाएको कसम ।
म तोड्न सक्दिन ।
त्यसैले त म तिम्रो झुटको ।
बन्धन मान्दिन ।
विचार हत्या गर्ने ।
रुटको बन्धन मान्दिन।
आज तिम्रो रुट ।
राजधानी जाने भनेर ।
विहार तिर गैरहेको छ।
यो बेला म चुपचाप बस्न सक्दिन।
किनकी, म मा पनि चेतना छ ।
मलाई पनि रुट थाह छ।
तिमिले भनेको त मानेकै थियौ ।
तिम्रा योजना कार्यन्वयन गरेकै थियौं ।
जति बेलासम्म तिमी झुटलाई हराउन खोज्दै थियौ ।
तर, अचच्मसङ्ग ।
नपत्याउदो तरिकाले ।
फनक्क घुमेर।
तिमिलाई झुट प्यारो लाग्यो।
गुट प्यारो लाग्यो ।
सरल रेखा मन पर्न थाल्यो ।
आस्थाका शिरहरु माथी ।
तिम्रो बन्दुक पड्कन थाल्यो।
नौटङ्की नाटकहरु मन्चन हुन थाले।
मलाई तिम्रो बन्धन तोड्न मन लाग्यो।
मलाई तिम्रो दास्ताको।
जन्जिर तोड्न मन लाग्यो।
हजारौं शहिदलाई सम्झेर।
कठिन यात्रा नै हिड्न मन लाग्यो।
अहिले नै फुलको माला लगाउन मन लागेन।
सबैले माला लगाउन सक्ने स्थिती नै आएन ।
त्यसैले, तिम्रो झुटको माला ।
टुक्राउन मन लाग्यो ।
वैरीसङ्ग चोचोमोचो मिलाउन।
मेरो मन मानेन।
रङ्गिन सपनाहरुलाई हत्या गर्न।
म असमर्थ भए।
त्यसैले मैले तिम्रो बन्धन मानिन।
तिम्रो बन्धन तोडेर पनि ।
मैले सुनौलो युग देखिरहेछु।
समानताको युग ।
समृद्धिको युग ।
स्वतन्त्रताको युग।
उत्पीडितहरुको युग।
हुँदा खानेहरुको युग ।
मेरो लक्ष्यको युग।
हो मलाई थाह छ ।
यो यात्रा कठिन मात्र होइन।
धेरै लामो छ।
अनेकौ षड्यन्त्रहरुको सामना गर्नुपर्छ।
अनेकौं कष्टहरु सहनु पर्छ।
तर पनि मलाई त्यही यात्रा मन पर्यो।
जुन बाटोमा। उत्पीडितहरुको मुक्ती देखिरहेको छु।
हुँदा खानेहरुको विजय देखिरहेछु।
सुनौलो ससार देखिरहेको छु।
प्रत्येक आगनीहरुमा ।
लाल लालिगुरास फुलेको देखिरहेछु।
त्यहाँ सपनाहरुको हत्या होइन।
त्यसको साकारपन देखिरहेछु ।
त्यही भएर त म बन्धन तोडिरहेछु।
तिमीलाई अहिले मजा आइरहेछ।
केही वेर भए नि ।
मलाई अलग गराउन सफल भएकोमा।
तर त्यो क्षणिक मात्र हुनेछ।
अन्ततः विजय विजयहरुको हुनेछ।
कायरहरु त सडकपेटीमा जानेछन।
सडक विजयहरुको हातमा हुनेछ।
रातो झण्डाहरुले शहर ढोक्नेछन।
गाउँ गाउँमा विजयोत्सव हुनेछ।
सबैको आखाबाट विजयको आँसु खस्नेछ।
त्यही आशुमा हुँदा खानेहरुको सपना हुर्कनेछ।
त्यही भएर मैले तिम्रो झुटको पर्खाल भत्काउन।
हैकमवादको जन्जिर मिल्काउन।
सत्यको विज्यको लागि ।
बन्धन तोडे ।
मलाई अब झुकाउन नखोज।
मलाई अब रुकाउन नखोज।
तारेखहरुमा लुकाउन नखोज।
म लुक्ने मान्छे होइन।
तिम्रो जन्जिर मात्र तोडेको होइन।
तिम्रा कर्तुतहरुको पनि पर्दाफास गर्नुछ।
त्यसैले मैले तिम्रो आदेश मानिन।
तिम्रो बन्धनको शब्दजाल भित्र ।
म अट्न सकिन।
मलाई झुटहरु मन पर्दैन।
त्यसैले मलाई बन्धनमा बाधिन मन लागेन।
मलाई अनुशासन मान्नु पर्छ भन्ने थाह छ ।
अनुशासन नै जीवन हो भन्ने पनि थाह छ।
तर बन्धन मान्नु पर्दैन भन्ने नि थाह छ।
षड्यन्त्रको पर्खालहरु भत्काउ ।
अन्यायको खिलापमा लड।
दुश्मनका विरुद्ध प्रतिरोध गर।
विचारमा वलिदान हुन्छ भने।
तिमी आफैका विरुद्ध पनि लड।
हो तिमि निरन्तर लड्नु पर्छ।
मेरो स्कुलिङ यो पो हो प्रिय ।
कहाँ बन्धनमा बाधिन सक्छु र म।
शिरहरु चुडिएर के भयो र ।
आस्था बाचिराखे हुन्छ।
शरीर ढलेर के भयो र ।
विचार जिवित भए हुन्छ।
हो त्यसैले म बन्धन मान्दिन।
२०७४ चैत्र १९, बागलुङ ।