पूर्व उपराष्ट्रपति परमानन्द झाको नजारमा– ‘नेपाल मगन्ते देश हो’ !

0
433

काठमाडौं । नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपाललाई ‘मगन्ते देश’ को संज्ञा दिएका छन् । भारतको दरभंगामा आफू पढेको एलएन मिथिला विश्व विद्यालयको पूर्वविद्यार्थी सम्मेलनमा सहभागी हुन गएका झाले हिन्दी पत्रिका ‘दैनिक जागरण’सँग कुरा गर्दै नेपाल ‘मगन्ते देश’ रहेको बताएको समाचार प्रकाशन गरेको छ । २८ फरवरी २०१८ मा प्रकाशित ‘दैनिक जागरण’ले पूर्वउपराष्ट्रपति झासँगको वार्तामा आधारित रहेर समाचार प्रकाशन गरेको छ ।

‘चीन से डरनेकी जरुरत नहीं’ शीर्षकमा रहेको समाचारमा सो अखबारले पूर्वउपराष्ट्रपति झासँगको वार्तालाई समावेश गरेको छ । पछिल्लो समय चीनसँग नेपालको बढ्दो निकटता र भारतसँग बढेको दुरीबारे सोधिएको प्रश्नमा पूर्व उपराष्ट्रपति झाले दिएको जवाफ उद्धृत गर्दै सो अखबारले लेखेको छ, ‘यो भ्रम सिर्जना गर्ने सोंच हो । यसमा कुनै सत्यता छैन ।’

सो अखबारका अनुसार पूर्व उपराष्ट्रपति झाले– ‘कुनै पनि देश आफ्नो विकास चाहन्छ । नेपाल पनि विकास गर्न चाहन्छ । यसमा जुन देशले आफूलाई जति मद्दत गर्छ, उसलाई स्वीकार गर्नबाट कहिल्यै हिच्किचाउँदैन । किनकि नेपाल एक मगन्ते अर्थात् माग्नेवाला राष्ट्र हो । जुन देश जति दिन्छ, उसका प्रति उति नै आकर्षण हुनु स्वाभाविक हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here