पूर्व उपप्रधानमन्त्री गच्छदारसहित १ सय ७५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर(सूचीसहित)

0
123

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा काण्डमा संलग्न रहेको भन्दै अक्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहितका १ सय ७५ जनाविरुद्ध बुधवार अक्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । जसमा पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी, दीप बस्न्यात र ब्यापारी मीनबहादुर गुरुङविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

ललिता निवासको जग्गा सरकारले अधिग्रहण गरेको थियो । तर उक्त जग्गा अधिग्रहणलाई  राजनीतिक कारणले सरकारले जफत भएको भनी फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा सीआईबीले मुद्दा चलाउन सिफारिस गरेको थियो । ललितानिवास जग्गा जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई, पूर्वमुख्य सचिव एवं चीनका लीलामणि पौडेलसहित १७ जनाविरुद्ध भने मुद्दा नचल्ने भएको छ । मन्त्रिपरिषद्को नीतिगत निर्णय अख्तियारले हेर्न नमिल्ने भएकाले मुद्धा नचल्ने भएको हो ।CIAA

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here