पंजाबमा एक नेपाली युवाले गरे आत्महत्या

0
302

मानसा, कार्तिक २८ । पञ्जाबको मानसामा एक जना नेपाली युवकले आत्माहत्य गरेको सामाचार प्राप्त भएको छ । उनी प्यूठान जिल्ला मरनठाना स्थायी निवासी रामवहादुर सुनारका १८ वर्षीय छोरा अनिस कुमार सुनारको रुपमा पहिचान खुल्न आएको स्थानीय प्रशासनले बताएको छ ।

१४ नोभेम्बर २०१८ दतानुसार २०७५ कार्तिक २८ गतेका दिन अनिसले रेलमा हाम्फाली आत्महत्या गरेको रेल्वे पुलिसले बताएको छ । पोष्टमार्टम पछि रेलवे पुलिसले शव परिवारलाई हस्तान्तरण गरेको थियो । उनले किन आत्माहत्या गरे भन्ने कारण भने खुलेको छैन ।

१० कक्षामा अध्ययनरत अनिस मानसामा वुवा–आमा र दिदीसँग बस्दै आएता पनि केहि महिना पहिलादेखि घरयासी विवादको कारण अनिस छुट्टै वस्न थालेकोको परिवारिक श्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here