नेपाली लोक साँगितिक क्षेत्रबाट गिनिज वर्ल्ड रेकर्डको लागि भिड्दै पुष्कल शर्मा को आमालाई अन्तिम चिट्ठी

0
2422

बाबु रोका मगर

नेपाली बजारमा नेपाली लोक सांगीतिक कोशेलिहरु हरेक दिन नयाँ नयाँ कलाकार र नयाँ नयाँ गितको प्रतिस्पर्धा जस्तै भएर निस्किरहेका छन यस्तै हरेक तरिकाको गित गाएर दर्शक स्रोताहरुको मन मस्तिष्क अनि ढुकढुकिमा बस्न सफल चल्तिका गायक सर्जक पुषकल शर्मा ले आमालाइ अन्तिम चिट्ठी पठाएका छन ।

आमाले नौ महिना कोखमा र दुधका दस धारा खुवाएर ज्याला मजदुरी गर्दै छोरोलाइ हुर्काइ बढाइ गरेपछी छोराले आफ्नो कर्तब्य निभाउन पैसा कमाउने मीठो सपना बोकेको तर सपना अधुरो रहदा एउटा परिवारले भोगेको पीडा र पैसाकै लागि बिदेशको मुख ताक्नु पर्ने बिडम्बना अनि बिदेशमा पुगेर मृत्युको मुखमा पुगेपछी बिदेशबाट आमालाइ अन्तिम चिट्ठी लेख्दै गरेको हृदय विदारक शब्दले भरिएको गितले सबैलाइ सोच्न बाध्य बनाउने यस गित र भिडियो मार्फत देख्न र सुन्न पाइएको छ ।

आफ्नै लय शब्द र आवाजमा रहेको “आमालाइ अन्तिम चिट्ठी” मा आफू स्वयम पुष्कल शर्मा रश्मि भट्ट र सारिका केसिको अभिनय रहेको छ । गायक पुष्कल भन्छन नेपालीहरुको यथार्थ जिवन शैलिलाइ गित मार्फत बिश्वको कुनाकुनामा पुर्याउने आफ्नो चाहना रहेको बताउछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here