“नेपालमा सैनिक क्याम्प खडा गरेर चीन घेर्ने रणनीति अन्तर्गत एमसीसी आएको हो”- केसी

0
919

काठमाडौं/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले नेपालमा सैनिक क्याम्प खडा गरेर चीन घेर्ने रणनीति अन्तर्गत एमसीसी परियोजना अगाडि सारेको बताउनुभएको छ । काठमाडौंको रत्नपार्कस्थित शान्ति वाटिकामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले एमसीसी परियोजना स्वीकार गरे नेपालमा खुलेआम अमेरिकी साम्राज्यवादका सेना परेड खेल्ने चेतावनी दिनुभयो । उहाँले कुनै अवस्थामा पनि एमसीसी स्वीकार गर्न नसकिने बताउनुभयो ।

संघीयताको बोझ मुलुकले थेग्न नसक्ने स्पष्ट भैसकेको उल्लेख गर्दै अब संघीयता खारेज गर्न ढिलो गर्न नहुने बताउनुभयो । अध्यक्ष केसीले यदि नेपालले संघीयता खारेज नगरे संघीयताले देशलाई खारेज गर्ने भन्दै देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि नेपाली जनता एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य मनोज भट्ट, राजमो नेता आनन्द शर्मा, अखिल नेपाल युवक संघका अध्यक्ष अनिल किशोर घिमिरे, अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुक)का अध्यक्ष नारायण सापकोटा, अखिल (छैठौं)का अध्यक्ष बिमल पोख्रेल, अखिल नेपाल कानुन ब्यबसायी संघका अध्यक्ष पदम रोका, राजमो केन्द्रीय सदस्य लक्ष्मी केसी, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य कमला पोडेल, नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीर सिंह, माथिल्लो कर्णाली बचाउ अभियानका संयोजक भरत शाही, रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराजले सभालाई सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला सचिव छवि खनालको अध्यक्षता र केन्द्रीय सदस्य घनश्याम न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । स्वागत राजमो केन्द्रीय सदस्य लालबहादुर थापाले गर्नु भएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानको विविध सांस्कृतिक प्रस्तुति समेत रहेको थियो ।

सीमा अतिक्रमण विरुद्ध राष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कृतिक अभियान काठमाडौंले एक महिनासम्म काठमाडौँमा सञ्चालन गरेको अभियानको सोमबार समापन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here