नुवाकोट । अखिल (छैठौं) ३ नम्बर प्रदेशले राष्ट्रिय परिषदको सन्दर्भमा सांगठनिक अभियानलाई तिव्रता दियको छ । जस अन्तर्गत, नुवाकोट र रसुवामा भेला सम्पन्न भएको छ । नुवाकोटमा चैत्र ५ गते सम्पन्न भेलालाई सम्वोधन गर्दै छैठौका उपाध्यक्ष रेशम कडेलले शैक्षिक समानता र अग्रगामि रुपान्तरणको आन्दोलनमा विद्यार्थीहरु सरिक हुनुपर्ने वताए । कार्यक्रममा राजमो नुवाकोटका नेता गोकर्ण रेग्मी लगायतले मन्तव्य राखेका थिए ।
भेलाले सानिमाया घलेको अध्यक्षतामा ११ सदस्यिय समिति चयन गरेको छ । जसमा सचिव– दोर्जे तामाङ रहेका छन् ।