धेरै बर्ष बिति रहेका छन तर समस्या उस्तै

0
68

गजल

-सुरेशकुमार पान्डे

देख्दा देख्दै धेरै बर्ष बिति रहेका छन समस्या उस्तै,
दिनौ रगत र पसिना पनि बएका छन समस्या उस्तै।

स्वागत त नगरी सुखःछैन निसेध को निशेध नियम,
प्रतेक जाने बर्षले सपना लएका छन समस्या उस्तै।

गरीबको पौरख लुट्नेहरु बस्ने आलिशान महल मा,
पौरखीहरु नघर नघाटका भएका छन समस्या उस्तै।

सरकारपनि धनिकै फेवरमा आउँने गर्छ गरिब मारा,
मजदुरले असहनिय पिडा सएका छन समस्या उस्तै।

केलाई गरौँ स्वागत दुखःबाहेक केछ गरिबको भागमा,
अर्कै को लागि हाम्रो सपना ढएका छन समस्या उस्तै।

देशभित्र छैन रोजगार त्यसैले युवा बिहिन हुँदैछ देश,
पेट पाल्न युवाहरु खाडिमै गएका छन समस्या उस्तै।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here