साउन १५, काठमाडौं । कञ्चनपुरमा १३ वर्षिय छात्राको हत्या र बलात्कार, काभ्रेमा ९ वर्षिय बालिकाको हत्या र बलात्कार भएको घटनालाई राष्ट्रिय जनमोर्चाले अत्यन्त गम्भीर रुपमा लिएको पार्टी प्रवक्ता तथा उपाध्यक्ष दुर्गा पौडेलले बताउनु भएको छ ।
पौडेलले आज एक विज्ञप्ती जारी गरि कञ्चनपुर घटनाको दोषीलाई अझै पनि पत्ता नलागेकोले दोषिलाई पत्ता लगाएर कारवाहीका लागि प्रादेशिक सरकार र केन्द्रको पनि विषय ध्यानाकर्षित गराउनु भएको छ ।
देशमा बढिरहेका त्यस प्रकारका हत्या र बलात्कारका घटनाहरुले देशमा अत्यन्तै विग्रदै गएको सामाजिक अवस्थालाई बताउँछ । वास्तवमा यस प्रकारका घटनाहरुलाई व्यक्तिगत घटनाका रुपमा नलिएर सामाजिक रुपमा नै त्यस प्रकारका घटनाहरु घट्नुका पछाडिको कारण र तिनीहरुको समाधानका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकताप्रति पनि राष्ट्रिय जनमोर्चाले सरकारको विशेष ध्यान आकर्षित गराएको छ ।