देश व्यापी राष्ट्रिय जनमोर्चाको विरोध सभा सम्पन्न

0
270
फोटो : रितु केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताका विरुद्ध देश व्यापी विरोध प्रदर्शन गरेको छ । वर्तमान नेकपाको सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन रहेको तर, यो सरकारले परिवर्तित राजनैतिक स्थिति र निर्वाचनमा पाएको जनताको अभिमतको आधारमा काम गर्न सकेको राष्ट्रिय जनमोर्चाले बताएको छ । देशमा भ्रष्टाचार, कमिशनतन्त्र, महंगी, करवृद्धि, हत्या, हिंसा, बलात्कार, दण्डहीनता, जनशक्तिको विदेश पलायन, अर्थतन्त्र, सामाजिक सुरक्षाको स्थितिमा सुधार नभएको भन्दै राजमोले सरकारको कडा आलोचना गरेको छ । जनताले अनुभूत हुनेगरी सरकारले काम गर्न नसकेको भन्दै राष्ट्रिय जनमोर्चाले माघ १९ गते देशव्यापी जिल्लास्तरमा विरोध सभाहरु सम्पन्न गरेको छ ।

“संघीयता, राष्ट्रिय विखण्डन र प्रतिगमनको खतराका विरुद्ध संघर्ष गरौं ! महंगी, भ्रष्टाचार, हत्या, हिंसा र वलात्कारको अन्त्य गरौं !!” मूल नाराका सहित देश व्यापी रुपमा विरोध सभा सम्पन्न भएको राजमोले जनाएको छ ।

देशव्यापी रुपमा सम्पन्न विरोध सभाहरुमा– काठमाण्डौं– चित्रबहादुर केसी, प्युठान– वम बहादुर खत्री, नवलपरासी– बद्रे आलम, कैलाली– दुर्गा पौडेल, बाग्लुङ– जनकराज शर्मा, सुनसरी– हिमलाल पुरी, बा“के– ओमबहादुर केसी, कंचनपुर– मनोज भट्ट, डडेल्धुरा– बेणीमाधव जोशी, डोटी– लालबहादुर जाग्री, सुर्खेत– चन्द्र बहादुर केसी, दैलेख– लोकेन्द्र लम्साल, बर्दिया– कमला जिसी, दाङ– विमल पोखरेल, कपिलवस्तु– केशव राज आचार्य, रुपन्देही– भैरव रेग्मी, अर्घाखा“ची– मीना पुन, पाल्पा– तारा थापा, गुल्मी– सोम कार्की, रोल्पा– कृष्ण खड्का, स्याङजा– रामबहादुर बुढा, कास्की– राजेन्द्र ढुंगाना, नवलपुर– डम्मर पुरी, तनहु“– निमबहादुर बुढा, चितवन– रामप्रकाश पुरी, मकवानपुर– सरस्वती पौडेल, ललितपुर– घनश्याम न्यौपाने, सिन्धुपाल्चोक– लक्ष्मी केसी, काभ्रे– नारायण सापकोटा, सर्लाही– काजीलाल वाइवा, रौतहट– कर्ण थापा र बारा– चिन्तामणी पौडेलले सम्पबोधन गर्नुभयो ।

काठमाडौंमा सम्पन्न विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष चित्रबहादुर केसीले नेपाल बचाउने हो भने संघीयता खारेजीको विकल्प नरहेको बताउनु भयो ।

काठमाडौंको शान्तिबाटिकामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले संघीयता अर्कैले बोकाइदिएको भारी भएकाले बिसाउन प्रमुख दलका नेताहरुसँग आग्रह गर्नु भयो । “प्रदेश सरकार कामकाजी नभएर आर्थिक बोझ मात्र थोपरेकोले प्रदेश सरकार खारेज गर्नु पर्छ ।” केसीले भन्नु भयो– “प्रदेश सरकार खारेज गरेर स्थानीय तहलाई अझै मजबुत र अधिकारयुक्त बनाउनु पर्छ ।”

नेता केसीले नेपाललाई सिक्किमीकरण गर्न फेरि नागरिकता संशोधन विधेयक ल्याइएको भन्दै नागरिकतामा कडाई गर्न र विदेशीले लिएका नेपाली नागरिकताको छानविन गरी खारेज गर्न समेत माग गर्नु भयो । हालै अमेरिकाले भेनेजुयलामाथि गरेको हस्तक्षेप विरुद्ध सरकारले आवाज उठाएकोमा नेता केसीले धन्यवाद दिनु भयो । विदेशी हस्तक्षेप र दबाबविरुद्ध अडिग रहन पनि सत्तारुढ दललाई केसीले सुझाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here