दिल्लीमा विश्व कल्याण नेपाली समितिको प्रथम तीज महोत्सव

0
271

इमिसन खबर, सम्वाददाता (दिल्ली) ।
नेपाल भारत बिचको सुमधुर सम्बन्धलाई अझै बलियो बनाउँदै प्रवासमा नेपाली भाषा, कला, शिप र संस्कृतिको उत्थान तथा भारत प्रवासमा रहेर पनि देश विकासको निम्ति यथावत अघि बढाऔं भन्ने उद्देश्यको साथमा विश्व कल्याण नेपाली समितिले यहि आउँदो ९ सेप्टेम्बर २०१८ आइतवारको दिन दिल्लीमा आफ्नो पहिलो प्रस्तुति तीज महोत्सव राखिएको उक्त संस्थाका बरिष्ठ सल्लाहाकार रामु राना मगरले हाम्रो मिडियालाई बताउनु भयो ।

उक्त तीज महोत्सवमा नेपालबाट आउने ख्याती प्राप्त कलाकार पशुपति शर्मा रमिला र न्यूपानेको बेजोड प्रस्तुतिका साथै दिल्लीमा रहेका कलाकारहरुको प्रस्तुति रहने छ । यो प्रथम तीज महोत्सवमा प्रवासमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरु उपस्थिति भइ कार्यक्रमलाई भब्यताको साथमा सफल बनाउन आयोजक परिवारले बुद्दिजिवि, समाजसेवी, ब्यबसायी तथा पत्रकार आदि इत्यादि सम्पूर्णलाई आग्रह गरेको छ ।

अशोक बिहार सामुदायिक भवन पानी टंकी, नजिकै दिल्ली ९ सेप्टेम्बर २०१८ आइतबारको दिन समय बिहान ११ बजेदेखी साँझ ०७ बजेसम्म, कार्यक्रममा धुम्रपान मध्यपान सख्त मनाही छ, मदिरापान गरेर आउनेलाई प्रवेश हुनेछैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here