- प्रतिभा आचार्य, कोहलपुर
तिमी उठनु पर्छ राधा
तिमि र म जुट्नु पर्छ राधा
तिमि र म मा केहि फरक छैन
मात्र फरक छ् त
म तिमि कुटिएको टाढैबाट हेर्न बिवस छु
तिमि आफै कुटिनु पर्यो
तिमि माथी निर्घात प्रहार भए
सरि ¤¤ प्रहार भएको त मैले प्रत्यक्ष देख्नु परेको छैन
तर
मेरो समाजमा पनि बोक्सीको आरोपमा
मानसिक तनाब झेल्नुपरेका नारीहरु छन् !
म पनि त्यस्तो समाजमा हुर्के की चेली हुँ
जहाँ छिमेकीको घर आगनमा फलेको अम्बा कुहिँदा
बोक्सीले नै कुहिएको भन्दै नानाभाँती
गाली गलोज गर्दै अर्को घरकी काकीलाई
आँखा मटकाउँदै गरेको हेर्न अनि सुन्न बिवस छु
त्यो उपल्लो घरको बाजे नाती बिरामी हुँदा
दिउँसो अस्पताल धाएको देख्छु
बिहन बेलुका धामीझाँक्री गरेको हेर्न बाध्य
ती पल्लो घरे दाइँ भाउजुको बच्चा नहुनूमा पनि
बोक्सी कै हात रे,
धामी कहाँ धाएको हेर्न बाध्य छु !
सकेको छैन मैले ति बाजे–बजै, काका काकी अनि ती
दाइ भाउजूलाई बुझाउन !
आफैमा शिक्षित छन् ति व्यक्ति शिक्षक हुन ति व्यक्ति
फेरि पनि रुढीबादको पर्खाल भित्र कैद छन् !
म पनि तिमि जस्ता दिदि बहिनी र आमाहरुको
पिडामा पौडीन्छु र छटपटी हुन्छ
र भन्छु अब म आवाज बिहिनहरुको आवाज बन्नुपर्छ
शब्द बिहिनहरुको शब्द बन्नुपर्छ !
तर यो सब कसरी सम्भब छ ?
तिमिलाई कुटपिट गर्ने भोले बाबालाई छुटकारा
दिलाउने जनप्रतिनिधि छन् हाम्रो देशमा !
(कैलालीको घोडाघोडी नगरपालीका स्थित देउकलीया गाउँमा एउटी किशोरीलाई समाजकै अगाडि बोक्सिको आरोपमा मरणासन्न हुनेगरि कुटपिट भएको घटनाको बारे ।)