– कृष्णा राना
फेरि पनि आयो तिज गरिब रुवाउन
हुने खानेहरूलाई दर खुवाउन
हुने खानेहरूले महिनादिन खान्छन्
गरिब दु:खी सदादिन रुँदै बस्दछन्
धनी जति सबैलाई दिनदिनै खिरैखिर
विचरा गरिबको मनमा छैन थिर
कति सधैँ धनीहरू सदादिन रमाउने
गरिबले भोको पेट कहिले भराउने ?
जुन सरकार आए’नि गरिबलाई के भो र ?
गरिब–दु:खी भोकै हिड्छन् तिनको गो र ?
धनी जति तिजमा ठाँट पारी सजिने
गरिबको नाङ्गो जिउ कहिले छोपिने ?
बिहान खाए साँझ हुन्न गरिबको बेहाल छ
हुने खाने ठालुलाई फालाफाल छ
गरिबको आउन्न पालो यो व्यवस्था रहुञ्जेल
गरिबहरू अभावमा बाँच्ने कतिञ्जेल ?
गरिबहरू उठौँ अब यो व्यवस्था फाल्न
सँधैभरि उँचो निँचो हुन्न सहन ।