तत्कालीन माओवादी केन्द्रका ११ जना कार्यकर्ताहरु मूल प्रवाहमा

0
388

चेन्नई दक्षिण, २६ अगस्त । तत्कालीन माओबादी केन्द्रमा रही लामो समयसम्म काम गर्दै आउनु भएका गणेश अधीकारी, चन्द्र खडायत, गणेश खडायात लगायत ११ जना कार्यकर्ताहरु मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रबेश गर्नुभएको छ ।

प्रबेशीहरुले आफ्नो बक्तब्यमा “हिज माओबादी पार्टीमा लाग्दा हामीलाई भनिएको थियो नयाँ जनबादी ब्यबस्था गरिबको निम्ति काम गर्ने सरकार आउँछ बेरोजगारीको अन्त्य हुन्छ तर आज सबै झूट साबित भयो । आफु सत्तामा पुगेपछि सबै पुराना कुरा भुलेर अन्ततः पार्टी नै बिसर्जन बनाए । आज हामी र नेताहरुको कद कति फराकिलो बन्यो उनीहरु अरबौंपति बने हामी गास, बास, कपासको समस्याले तडपिरहेका छौ । त्यसैले यो नेकपामा हाम्रो समस्याको समाधान हुदैन । अब बिकल्पको रूपमा रहेको राजमोलाई नै सबैले साथ दिनु पर्छ किन भने आजसम्म जति पनि कुराहरु गर्दै आएको छ इतिहासले सही साबित गरिदिएको छ । हिज संबिधान सभाको चुनाब देखि संघीयताको बारे लगायत सबै राजनैतिक बिश्लेषणहरु आज सही साबित भएकोछ । संघीयाता खÞर्चीलो हुन्छ भन्दा हिंज राजमोको खिल्ली उडाए आज उनीहरुले नै संघीयताले देश खडालमा पर्छ भन्ने बुझ्दै जान थालेका छन् ।”

नब प्रेबेशीहरुलाई एक भेलाले चेन्नई दक्षिण नगर समितिद्वारा सञ्चालित टी.नगर एरिया अन्तर्गत टी.नगर टोल समितिमा संगठित गरिएको छ । टिका नेपाली र कमल बसेलको सक्रियता तथा क्षेत्रीय सदस्य ज्योति नारायण सुबेदी र नगर अध्यक्ष शिब पन्थीको बिशेष उपस्थितिमा सम्पन्न भेलाले गणेश अधिकारीको अध्यक्षता मा ११ सदस्यीय टी.नगर टोल समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष– चन्द्र खडायत, सचिब– कालुराम बिक, कोषाध्यक्ष– तेज नेपाली रहेका छन् । त्यस्तै सदस्यहरुमाः पबन खड्का, मोहन खडायत, जीतेन्द्र खडायत, पदम भट्टराई, नरेन्द्र खडायत (गणेश) र हरी भट्टराई रहेका छन् । एक स्थान रिक्त राखिएकोछ । ज्योति नरायण सुबेदीले नब गठित समितिलाई बधाई दिनुभएको थियो ।

नव प्रवेशीहरुलाई क्षेत्रीय सदस्य ज्योति नारायण सुबेदी र नगर अध्यक्ष शिव पन्थीले अबीर लगाईं प्रबेश गराउनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here