गजल

0
194
  • केशव गाहा, पाल्पाली

बोकेर काँधमा संगीन सर्वहाराले
ल्याउनेछन् पक्कै सुदिन सर्वहाराले

संघर्षमा बाधा अनेक भए पनि
भन्ने छैनन् कती कठिन सर्वहाराले

भेदभाव सारा हटाई यो समाज
बनाउनेछन् वर्ग विहीन सर्वहाराले

दुश्मनसँग लडेर सीमानामा
फर्काउनेछन् आफ्नो जमीन सर्वहाराले

भ्रष्टाचार मुक्त नेपाल बनाउन
लिनै पर्छ सत्ता अधिन सर्वहाराले ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here