ढोरपाटन ३ मा अनेम संघ गठन

0
459

भदौ २३, बाग्लुङ । अखिल नेपाल महिला संघ ढोरपाटन नगरपालिका वडा नम्बर ३ अन्तरगत घोसाखानीमा गठन गरिएको छ । दिनानु दिन बढ्दै गईरहेको महिला हत्याहिंसा, बलात्कार जस्ता जघन्य अपराध क्रियाकलापको बिरूद्द एकजुट हुन भन्दै प्रगतिशिल महिलाहरू संगठित भएका हुन् ।

साबिकको बूर्तिबाङ ९ का बिभिन्न स्थानबाट उपस्थित महिलाहरूको भेलामा बोल्दै राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य गौरीस्वर पाण्डेले उत्पिडनमा परेका महिलाहरूको मुक्तीको लागि घर परिवार तथा चूलो चौकोमा मात्र सिमित नभई सामाजिक चौतर्फी पक्षमा चासो राख्न आब्हान गर्नू भयो ।

जातिय समता समाज बागलुङका सदस्य एवं ढोरपाटन नगरपालिकाका कार्यपालिका सदस्य नरबहादुर सुनारले अधिकार पाप्त गर्न जनमोर्चा तथा अनेम संघको झण्डा मुनी गोलबन्द हुनु पर्ने बताए । त्यस्तै अखिल छैठौं राष्ट्रिय परिषद सदस्य इन्द्रमणी पाण्डेले घर परिवार र समाज सचेत बनाउन महिलाहरूको प्रमूख भूमिका रहने बताए ।

भेला लक्षी सुनारको अध्यक्षता र सीमा सुनारको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो । कार्यक्रमको सञ्चालन याम कुमारी बिकले गर्नू भएको थियो । भेलाले यामकुमारी बिकको अध्यक्षतामा १३ सदस्यीय अनेम गठन गरेको छ । जसमा: उपाध्याय चनमला सुनार, सचिब सिमा गोतामे, सह सचिव पुनम सुनार, कोषाध्यक्षमा ज्ञान कुमारी सुनार, त्यस्तै सदस्यहरूमा हरिमला सुनार, जैसरा सुनार, बुद्धीसरा सुनार, जानकी बिक, दिलसरा बिक, समी सुनार, बैकल्पिक सदस्यमा गोठी सुनार, श्याम सरा सुनार, लक्षी सुनार र सूना सुनार रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here