भारतले फेमा नोटिफिकेसन जारी नगरेकाले नेपालमा उक्त दरका नोट अमान्य हुन्थ्यो र नेपाल राष्ट्र बैङ्कले २३ नोभेम्बर २०१६ मा सार्वजनिक सूचना जारी गर्दै ५ सय २ हजार दरका नयाँ भारतीय नोट गैरकानुनी हुने र राख्न नमिल्ने भन्दै सूचना जारी गरेको थियो । तत्कालीन समयमा नयाँ नोट नेपाली बजारमा आइनपुगेकाले त्यसको असर र प्रभाव वा सूचनाको बारेमा खासै महत्त्व र चर्चा भएन ।
राष्ट्र बैङ्कका निर्देशक भिष्मराज ढुङ्गानाका अनुसार १ सयभन्दा ठूला दरका भारतीय रूपैयाँमा प्रतिबन्ध नेपालको कारणले नभई भारतकै कारणले लागेको हो ।
जब मङ्सिर २४ गते नेपाल सरकारले ‘रिमाइन्ड’ मात्रै गरायो । त्यसपछि मात्रै यसको चर्चा भयो । जबकि ठूला दरका भारतीय रूपैयाँमा प्रतिबन्ध लगाउने निर्णय २१ नोभेम्बकर २०१६ मै भएको थियो । त्यो प्रतिबन्धको निर्णय पनि भारतले फेमा नोटिफिकेसन जारी नगरेकाले भारतकै कारण भएको थियो, जबकि यो नेपालले गरेको थिएन र होइन ।
मङ्सिर २४ गते सरकारले कुनै नयाँ निर्णय गरेको नभई ‘रिमाइन्ड’ मात्रै गराएको थियो । तर जब सरकारले आफ्ना नागरिकलाई ठूला दरका भारतीय नोट राखे गैरकानुनी हुने कुरा सम्झायो त्यसपछि मात्रै यसले चर्चा पाउन थाल्यो । ठूला दरका भारतीय नोट प्रतिबन्धले पार्ने सकारात्मक र नकारात्मक प्रभावबारे यसको चर्चा सुरु भयो ।
त्यसो त नेपालमा २१ जनवरी २०१५ सम्म भारतीय रूपैयाँ ५ सय र १ हजार दरका नोट प्रयोगमा प्रतिबन्ध नै थियो । तर जब भारतले फेमा अर्थात् फरेन एक्सचेन्ज म्यानेज्मेन्ट एक्ट लागू गर्दै नेपालमा पनि ठूला दरका भारतीय नोट मान्य हुने र प्रतिव्यक्ति २५ हजार भारतीय रूपैयाँसम्म बोक्न पाउने नीति ल्यायो ।
तर जब भारतले ८ नोभेम्बर २०१६ मा आफ्ना पुराना ५ सय र १ हजार दरका नोट अमान्य हुने र निश्चित समयभित्र साट्नुपर्ने भन्दै नचल्ने निर्णय गर्यो । त्यसको केही दिनमा नै नेपाल राष्ट्र बैङ्कले पनि ठूला दरका भारतीय रूपैयाँ गैरकानुनी हुने घोषणा गर्यो ।
त्यसपछि मात्रै नेपालमा ठूला दरका भारतीय रूपैयाँले वैधानिकता पाएको थियो ।
रातो पाटीबाट