झुकेको छु प्रदेशमा

0
276
नवीन, बस्याल प्यूठान हाल जापान

गाउँमा रमाएका होलान तिहारमा म दुःखेको छु प्रदेशमा
सहेर बेदना अत्याचारमा बाध्यभई झुकेको छु प्रदेशमा
।।
सबै धन फल्ने झै लहरो लाग्छन अर्काको भूमिमा किन
त्यही हुलमा परे म पनि जीबनदेखि चुकेको छु प्रदेशमा
।।
मिठा सपना सुन्दर भावना उच्च जीबनको आशमा
सबैको भित्र आफ्नो खुसी हराई लुकेको छु प्रदेशमा
।।
पुग्दैन योआवाज सुन्दैन देशका बेदना राष्ट्रघातिहरु
तर पनि सधै राष्ट्रको आवाज फुकेको छु प्रदेशमा
।।
सम्पन्न हुन सक्थे र आशा गास बास कपासको हो
देशको चिन्ताले पोल्छ त्यसैले म सुकेको छु प्रदेशमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here