टेकराज भुसाल (टेकु)
बाजुरा । अनेरास्ववियु (छैटौं) ले संघीयता विरुद्ध गरेको मार्च माथि प्रहरीले दुर्व्यवहार गरेको छ । अखिल (छैठौं) सुदूरपश्चिम समितिले बाजुरामा निर्मला हत्याकाण्डका दोशीलाई सार्वजनिक गर्न माग गर्दै मार्चपास लगायत संघीयताको विरोधमा कार्यक्रम गरिरहेको अवस्थामा प्रहरीले दुर्व्यवहार गरेको हो ।
कार्यक्रमको तयारीका लागि मालपोत कार्यालयका कार्यालय प्रमुखसँग छलफल गरिरहेका बेला प्रहरीले अखिल छैठौंका महासचिव महेश जोशीमाथि दुर्व्यवहार गरेको थियो ।
महासचिव जोशीले प्रहरी हवल्दार मानसिंह ठगुन्नाले आफुलाई दुर्व्यवहार गरेको र संघीयता विरोधी र निर्मला पन्तको न्यायपूर्ण आन्दोलन असफल पार्न खोजेको बताए ।
छैठौंका केन्द्रीय सदस्य हेमराज भट्टका अनुसार बाजुरामा कार्यक्रम सम्पन्न पारिएको छ । कार्यक्रममा महासचिव महेश जोशी र हेमराज भट्टले मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन पुष्कर भट्टले गरेका थिए ।