गृहमन्त्रीलाई महिला संगठनहरुको ज्ञापन

0
500

काठमाडौँ । महिला हिंसा, बलात्कार र हत्याका घटना दिनानुदिन बढ्दै जान थालेपछि त्यस्ता घटनाका अपराधीलाई कडाभन्दा कडा कार्वाहीको माग गर्दै अखिल नेपाल महिला सङ्घ लगायतका महिला सङ्गठनले गृहमन्त्री राम बहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन् । २०७५ श्रावण १८ गते गृह मन्त्रालयको कार्यालय सिंहदरबार काठमाडौँमा उक्त ज्ञापन पत्र बुझ्दै गृहमन्त्री राम बहादुर थापाले “बलात्कार र हत्या जस्ता घटनाका दोषीहरुलाई सजाय गर्न आफूहरु तुरुन्त एक्सनमा जाने” बताउनु भएको छ ।

“गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद” ज्ञापन पत्र बुझ्ने क्रममा गृहमन्त्री राम बहादुर थापाको भनाइ उद्धृत गर्दै अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले बताउनु भयो–“हामीसँग केही अप्ठ्याराहरु छन् । तर हामीले त्यसलाई मिलाउँछौँ । यस्ता संवेदनशील घटनामा हामी तुरुन्त एक्सनमा जाादैछौँ ।” गृहमन्त्री थापाको उक्त भनाइपछि सरकारले त्यस्ता घटनाका दोषीलाई कार्वाहीको प्रक्रिया अघि बढाउनेमा आफूहरुमा पनि केही आशा पलाएको अध्यक्ष पुनले बताउनु भयो ।

गृहमन्त्री थापालाई बुझाइएको उक्त ज्ञापन पत्रमा कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त र काभ्रेकी ९ वर्षीय बालिका एलिशा तामाङको बलात्कारपछि हत्याका घटनाका अपराधीलाई तत्काल कडा कार्वाही गरिनु पर्ने, बङ्गलादेशमा अध्ययनरत नेपाली छात्राहरुको इज्जत र प्रतिष्ठामाथि आाच पुर्‍याउने अभिव्यक्ति दिने मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई सार्वजनिक कसुर ऐन अन्तर्गत कार्वाही गरिनु पर्ने लगायतका विषय उठाइएको छ । ज्ञापन पत्रमा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष लक्ष्मी मुडभरी, अखिल नेपाल प्रगतिशील महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द, महिला शक्ति महासङ्घ नेपालकी संयोजक मनु हुमागाई र अखिल नेपाल प्रगतिशील महिला सङ्घकी उपाध्यक्ष जनक कुमारी चालिसेका हस्ताक्षर रहेको छ ।

उक्त ज्ञापन पत्रमा अगाडि भनिएको छ– “जनताको बलिदानीपूर्ण सङ्घर्ष पश्चात् देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यतिबेला स्थानीय, प्रदेश र सङ्घको निर्वाचन सम्पन्न गरी दुई–तिहाइ बहुमत प्राप्त सरकार पनि बनिसकेको छ । जनताले लोकतान्त्रिक गणतन्त्रात्मक सरकारबाट सामाजिक सुरक्षा, सुव्यवस्था र समानता कायम गर्नेछ, गाास, बास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकता सरल र सहज तरिकाबाट पुरा गर्नेछ भन्ने आशा गरेका थिए तर जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलाहरुमाथि दिनानुदिन सामाजिक असुरक्षाको अवस्था बढ्दो छ । महिलाहरुमाथि गरिएका हत्या, बलात्कार जस्ता हिंसात्मक गतिविधिले आज सिङ्गो नेपाली समाज लज्जित र मर्माहत बनेको छ । हामी यी यस्ता संवेदनशील सवालमा राज्यको ध्यान मात्र होइन, सशक्त उपस्थिति सहित समाधान चाहन्छौँ । सरकारलाई हामी निम्न सवालमा ध्यानाकर्षण गराउँदै तत्काल यी सवालको समाधान गर्न जोडदार माग गर्दछौँ ।

१. लामो समयदेखि नेपाली समाजमा बालिकादेखि वृद्धासम्म दिनानुदिन बलात्कार र हत्याका घटनाहरु घटिरहेका छन् । यसले घर–परिवार र सिङ्गो समाजलाई मर्माहत र विक्षिप्त बनाएको छ । पछिल्लो समय कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त, काभ्रे तिमालकी ९ वर्षीया एलिशा तामाङको बलात्कार गरी हत्या गरिएको घटना सर्वविदितै छ । यी घटनामा संलग्न अपराधीमाथि तत्काल कडाभन्दा कडा कार्वाही गरियोस् ।

२. मेडिकल सञ्चालक दुर्गा प्रसादईले बंगलादेशमा अध्ययनरत छात्राहरुको इज्जत र प्रतिष्ठामाथि नै आाच आउने गरी जुन अभिव्यक्ति दिए, त्यसले स्वास्थ्य सेवा जस्तो गरिमामय पेशामा महिलाहरुको पहुाच र उपस्थितिलाई कमजोर बनाउने मात्र होइन उनीहरुको क्षमतामाथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ । विना आधार आम महिलाहरुको चरित्र हत्या गरी कपोलकल्पित लाञ्छना लगाउने दुर्गा प्रसाईलाई सार्वजनिक कसुर ऐन अन्तर्गत कार्वाही गरियोस् ।

३. आर्थिक विपन्नताका कारण आम युवाहरुसागै युवा महिलाहरु विदेशिने क्रम बढ्दो छ । यही विपन्नताको फाइदा उठाउँदै मानव तष्करले महिलालाई बेचिरहेका छन् । जहाा महिलाहरुले शारीरिक र मानसिक यातनाका साथ कष्टसाध्य जीवन जीउन बाध्य छन् । कैयौा महिलाहरु बलत्कृत भएर बेवारिसे बच्चा जन्माएर दिनानुदिन बर्बादीको जीवन बााचिरहेका छन् । भर्खरै मात्र भारतको राजधानी दिल्लीको पहाडगञ्ज लगायत विभिन्न ठाउँबाट ७३ जना नेपाली महिलालाई अज्ञात ठाउँहरुमा बेचिनै लाग्दा भारतको महिाल आयोगको सहयोगमा उद्धार गरिएको छ । यी घटनामा संलग्न मानव तष्करलाई हदैसम्मको कार्वाही गरियोस् र ती महिलालाई रोजगारीको उचित व्यवस्था गरियोस् ।

४. देशका विभिन्न भागमा कुरीति, कुसंस्कार र अन्धविश्वासका कारण बोक्सीको आरोपमा, दाइजोको निहुामा, अन्तरजातीय प्रेम विवाह आदि कारणबाट महिलामाथि हिंसात्मक घटना घटिरहेका छन् । अहिले पनि घरेलु हिंसाका कैयौा घटनाहरु सतहमा आउन सकिरहेका छैनन् । यस्ता घटना र समस्यालाई तुरुन्त नियन्त्रणमा लिई सामाजिक कुरीति र कुसंस्कारमाथि तुरुन्त प्रतिबन्ध लगाइयोस् र अपराधीलाई शख्त कार्वाही गरियोस् ।

५. आज एक्काइसौं शताब्दीमा आइपुग्दा पनि हाम्रो समाज अन्धविश्वास र रुढिवादी चेतनाले ग्रस्त छ, जस कारण महिनावारीको समयमा छोरीहरुलाई एकान्त गोठमा एक्लै राख्ने छाउपडी प्रथाले महिलाहरु जङ्गली जीवजन्तुहरुको आक्रमण र पुरुषको बलात्कारको सिकार भई मृत्यु हुने गरेको छ । यस्ता सामाजिक कुरीतिमाथि सरकारले तुरुन्त प्रतिबन्ध लगाओस् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here