गजल

0
276

जीबनका सुख दुःख धनले निर्धारित गर्दो रहिछ
सत्यता ब्यभारिक जीबनले निर्धारित गर्दो रहिछ

मान्छे हेर्दा हँसिलो खुसी देखिन्छ बाहिरी रुपमा
खुसी उसको भित्री धड्कनले निर्धारित गर्दो रहिछ

देखावटी धेरै हुन्छन समाजमा साथका आशा दिने
बोलेर हुँदैन भाषामा बचनले निर्धारित गर्दो रहिछ

जीबन सुन्दर सहज सम्पन्नता भएका धेरै छन् यहाँ
सुरदरता देखावटी हुन्न मनले निर्धारित गर्दो रहिछ

जीबनका सुख दुःख धनले निर्धारित गर्दो रहिछ
सत्यता ब्यवहारिक जीबनले निर्धारित गर्दो रहिछ

नवीन बस्याल, प्यूठान
हाल जापान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here