गजल

0
180

परेलीमा आँसु रोक्ने, बार लाउन पाए
चालिएका कदमको, सार लाउन पाए

भुमरीमा फसेको छ, बगिजाने खोला
अल्झाउने समस्यालाई, पार लाउन पाए

बगिजान्छन् हर्ष उल्लास, वर्षे भेल सरि
मौरीले झैँ मह राख्ने, घार लाउन पाए

जता पाउ चालेपनि, सधै अल्झिएका
अवरोधका फेदीमा नै, धार लाउन पाए

सफलताको शिखर चुमी, गर्व गरेर नै
पित्तलकै भए पनि, हार लाउन पाए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here