गजल

0
156

केशव गाहा (पाल्पाली)

पास्पोर्ट र भिसा होईन रोजगार माग
आफ्नै देश भित्र बाँच्ने अधिकार माग

अझै कति धाउने मरूभूमी पर्देशमा
आफ्नै घरको आँगन अनी संघार माग

कति दिन चल्छ रेमिटेन्सको भरमा देश
अब त देशमै बिकास अनी सुधार माग

आफ्नै स्वर्णिम धर्तिको माटोमा सुन फलाई
उचित मोल तोल भाउ अनी बजार माग

सहीदको सपना बेची खाने नेता संग
ति योध्दाहरूको बलिदान र बिचार माग ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here