-सुरेशकुमार पान्डे
प्रत्येक बर्ष माघ महिनाले शहिद दिबस ल्याउँछ तानेर,
बि.स.उन्नाइस सय सन्तान्बे माघलाई नै हामिले मानेर।
राणाहरुले आफ्नो तानाशाही साशन शत्ता जोगाउँन,
साशन बिरुद्धमा उठ्ने आवाजलाई नै दबाउँथे छानेर।
माघ नौ गते शुक्रराज शास्त्रि लाई मारे ति राणाहरुले,
कायर्तापुर्ण हेरौँ त त्यो ईतिहाश उन्को घाँटिमा बानेर।
माघ एघारमा सिफिलमा झुण्डाए उस्तै धर्मभक्त लाई,
राणाहरुले आफ्नो साशन सत्ताको ठुलो दुश्मन ठानेर।
दशरथ चन्द र गंगालाल श्रेष्ठलाई पनि राणाहरुले फेरी,
माघ चौध गते बिष्णुमतिमा मारेका थिए गोली हानेर।
कसैलाई छाडेन जहानियाँ त्यो तानासाहि ब्यबस्थाले,
धेरै निर्दोश लाई पनि हत्या गरेको थियो बिद्रोही ठानेर।
आजपनि जिबितै छन उनैको डोब खेद्नेहरु देशभित्र,
जस्तै राणा र राजाले राज गरे सधै निर्दोश लाई हानेर।