गजल: जिन्दगीको यात्रा

1
357

-लिला परियार, बाग्लुङ (हाल जापान)

जिन्दगीको यात्रा अनि म त्यों दोबाटो मा
लक्ष्य नै पो भुलेछु मैले नानाथरी आशाले

अझै धेरै टाडा छ मलाई पर्खेको चौतारी
बिसाउने ठाउ छैन गलीसकेकोछु निरासाले

चाहनाहरु एका तिर हुन्छ यथार्थ अर्को तिर
सबै सपना उडाएर लग्यो सकुनी त्यों पासाले

बिरानो लाग्छ अर्कैको शहर मेरा अनेकौ रहर
कति ठाउमा हारेको छु मैले अर्कैको भाषाले

बिपत्ति र आपत्ति मात्रा आउछ सधै वरिपरि
कहिले सम्म बाच्न सकिएला र यो त्रासाले

1 COMMENT

Leave a Reply to saepre Cancel reply

Please enter your comment!
Please enter your name here