गजल
-सुरेशकुमार पान्डे
वास्तबमा जनतानै हुँन संसार हिलाउँने शक्ति,
आफ्नै भौतिक समेत माटोमा मिलाउँने शक्ति।
आफ्नो पसिना र रगतले सिँचेर संसार रंगाउँदै,
यहि धर्ति भित्र सदियौँ देखिनै बिलाउँने शक्ति।
हो गरिबछ तरपनि धनिको बिष सोशेर सदियौँ,
यो पुरै दुनियाँ लाई अमृत धारा पिलाउँने शक्ति।
कसैले मारेर मर्ने छैन कण कणमा जिवितनै छ।
संसारलाई आफ्नै पौरखि फल खिलाउँने शक्ति।
भौतिक रुपमा माटो सँग मिसिएको भएता पनि,
जिबित नै रहन्छ अरुलाई न्याँय दिलाउँने शक्ति।
आफ्ना अमूल्य प्रवचन अनि ब्यबहार ले गर्दा,
कयौँ फाटिएका हृदयलाई पनि सिलाउँने शक्ति।
मानवका दुश्मन लाई कसिङ्गर लागेकै हुँनसक्छ,
समाजका बिषालु झारपात लाई जिलाउँने शक्ति।