गजल
-सुरेशकुमार पान्डे।
पिठ्युँमा भारी र काखमा नानी बोकेर,
बिताए आमा हरुले जिन्दगानी बोकेर ।
बिहान ढिकि झाँतो र घाँस दाउरा गर्दै,
पाल्छन नगरि कुनै आनाकानी बोकेर ।
नाङ्गा खुट्टा पसिनामै आफु भिजेरपनि,
सम्हाले आफ्नै प्राणजस्तै ठानी बोकेर ।
बाबा ले दिन नसकेको स्नेह दिने गर्छन,
बच्चाहरुकै लागि बिताए जवानि बोकेर ।
भन्नै सकिदैन आमाको त्यो त्यागि शब्द,
गए धर्तिबाट बलिदानकै कहानी बोकेर ।
कसरि पुरा गर्छौ त्यो अबिभारा बच्चाले,
कयौँ जुनि बिताए त्यो मेहरवानी बोकेर ।
कुशे आउँसिमा मात्रै होईन सदै लाई बन,
छोरा छोरी नहिँडनु यस्तो नादानी बोकेर ।