खेलकुद कार्यक्रम सम्पन्न

0
333

चेन्नई उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिको बार्षीक भलिवल रनिङ शिल्ड, प्रतियोगिता बिभिन्न रचनात्मक खेल सहित दिनांक २७ जनवरीका दिन टन्ड्यारपेट, चेन्नईमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको सञ्चालन नगर सहसचिव रमेश बिसीले गर्नु भयो, भने अध्यक्षता नगर अध्यक्ष उमानन्द आचार्यले गर्नु भएको थियो ।

सहिदहरुको सम्मानमा १ मिनेट मौनधारण पश्चात उपस्थित जनमानसलाई नगर सदस्य गोपाल बि.क.ले स्वागत गर्नु भयो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य यम प्रसाद शर्माले तालीको करतालमा खेलकूद प्रतियोगिताको उद्घाटन गर्नु भयो ।

उक्त कार्यक्रममा शुभकामना दिनेहरूमा क्षेत्रीय सदस्य ज्योतिनारायण शर्मा, काशीराम शर्मा, चन्द्र थापा, पश्चिम नगर सदस्य पदम पौडेल, दक्षिण नगर सचिव लोकेन्द्र पौडेल, बिद्यार्थी केन्द्रीय उपाध्यक्ष बिक्रम केसी, नगर अध्यक्ष नरबहादुर बि.क. रहनु भएको थियो ।

खेल भलिवल तर्फ १० टिमले भाग लिएका थिए, जसमा चेन्नई पश्चिम नगर समिति ए र बि टिम क्रमस प्रथम र दितिय भएका थिए । महिला म्युजिकल चियर तर्फ शिवीली गोराथोकी प्रथम, सुनमाया गुरूङ द्वितिय र माया गुरूङ तृतिय हुनुभएको थियो ।

घैटो फोड तर्फ सुनमाया गुरूङ प्रथम, विनोद परियार द्वितिय र माया गुरुङ तृतिय हुनु भयो । त्यस्तै बाल दौड तर्फ रेमु शाही प्रथम, सुशीला शर्मा द्वितिय र अजय पौडेल तृतिय भएका थिए ।

खेल ब्यवस्थापन गर्ने अम्पायरहरूमा नरबहादुर गुरूङ, चित्र थापा, नरबहादुर वि.क, बिक्रम केसी र कोटी प्रसाद शर्मा रहनु भएको थियो । बिजयी टिम र रेफ्रीहरूलाई केन्द्रीय सदस्य यम प्रसाद शर्माले पुरस्कार बितरण गर्नु भएको थियो ।

बिजयी टिमहरूलाई क्षेत्रीय सदस्य चन्द्र थापा र काशीराम शर्माले बधाइ दिनु भएको थियो। खेलकै दौरानमा दर्जनौ नया सदस्यता बितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here