छविलाल बस्नेत, ओमान
हामी सँगै अनि हामी जस्तै सामान्य जागिर गर्ने साथीहरू आफ्नो बार्षिकी बिदामा कहिले थाइल्यान्ड, कहिले मलेसिया, कहिले इन्डोनेसिया, कहिले इजिप्ट, कतै न कतै घुम्न गएकै हुन्छन् ।
४–५ पटक थाइल्याण्ड नगएको स्टाफ त कम नै छन् मेरो कम्पनीमा । गत आइतबार एकजना साथीलाई अबको गन्तव्य कहाँ हो ? भन्दा ‘भियतनाम’ भनेर उत्तर दियो ।
मैले प्रतिप्रश्न गर्दै सोधे–भियतनामको बारेमा थाहा छ तिमीलाई ? उसले अलि अलि थाहा भएको उत्तर दियो । केही महिना पहिले एकजना साथिले ‘हिमाल हेर्न मन छ’ भनेपछि नेपाल जाने सल्लाह दिएको थिए । उ नेपाल जान पूर्ण राजी र तयारी भयो । तर, उ सधै टिकट लिने साथीकोमा गएर बुझ्दा ‘हिमाल हेर्छस् भने भारतको कुल्ली मनाली जाउ’ भन्ने अनुरोध गरेछ र आफैँले चाँजोपाँजो मिलाएर उ त्यतैतिर लागेछ ।
गत जनवरी १८ देखि १० फेब्रअरी सम्म चलेको मस्कट फेस्टिबलमा नेपाली राजदूताबासद्वारा राखेको नेपाली स्टलबाट पनि धेरै ओमानी नागरिक तथा बिदेशी नागरिकहरुको नेपाल जान, घुम्न र फोटोमा देखाइएका ताल तलैया हिमाली शृखंलाहरुलाई देखेर उनीहरु प्रत्यक्ष हेर्न लालयित भएका छन् । त्यहा राखिएको नेपाली बस्तुहरु तथा हस्तकलाहरु किनेर लान मरिहत्ते गर्नेहरुबाट नै थाहा हुन्छ कि, नेपाली हस्तकला प्रति यिनिहरुको मोह कति धेरै रहेछ भनेर ।
एक जना महिलालाई (white tea) (सेतो चिया) को बारे आफूले जाने जति सामान्य जानकारी दिएको थिए । उनले जति परे पनि लाने मरिहत्ते गरेपछी अलिकती झिकेर दिएको गुनासो हाम्रो स्वयंसेवक साथीहरूले सुनाएका थिए । त्यस बाट पनि थाहा हुन्छ कि, यहाँका चिया पारखीहरु नेपाली चिया पिउन कति आतुर छन भनेर ।
केही अवलोकनकर्ताले भारतको हस्तक्षेप नीतिकै कारण नेपालले सोचेजस्तो बिकासको फड्को मार्न नसकेको गुनासो र सहानुभूति पनि दिएका थिए भने केहीले नेपाल गैसकेकोले नेपाल प्राकृतिकरुपले अति सुन्दर भए पनि खान र बस्नको केही समस्या भएको उनीहरुको गुनासो तथा केही सुझावहरु प्नि दिएका थिए । हामीले उनीहरुबाट बुझे अनुसार मुस्लिमहरुको लागि हलाल खाना र सल्ली (प्राथना) को समस्या नै ठूलो थियो ।
प्राय अरब देशहरुमा साझ बिहान मह खाने संस्कार नै छ भने ओमानमा पनि महलाई अति महत्व दिइन्छ । तर, यहा हाम्रोमा जस्तो शुद्ध मह पाउन निकै गार्हो छ । यदि पाइहाले पनि धेरै महँगो पर्ने उनीहरुको अनुभव छ । आवस्यक प्रक्रिया पु¥याई अरबमा नेपाली मह भित्राउने हो भने राम्रो बजार लिने र नेपाली मह उत्पादनकर्ताको जीवनस्तर मात्र नभएर देशको आर्थिक समृद्धिमा पनि यसले ठूलो योगदान पु¥याउन सक्छ भन्नेमा दुई मत छैन ।
यहाँ प्राय बखुर (धुप, जो हामी पनि दिनहुँ बाल्छौं) दिनहुँ नै बाल्छन, जो हाम्रो जस्तो बन जङ्गलमा पाइने बास्नादार बिरुवाको चोप र धुलो नै हो ‘बखुर’ । सँगै काम गर्ने साथिले हरेक छुट्टि जादा ‘बखुर’ कै माग राख्दछ । तर, त्यो ल्याइदिन म असमर्थ हुन्छु । किन कि, त्यो हाम्रोमा खोज्ने बनाउने चलन नै छैन । समग्रमा भन्नू पर्दा हाम्रो बन जङ्गलमा पाइने विभिन्न प्रकारका जडिबुटीबाट बनाइने विभिन्न प्रकारको औसधि तथा खाद्य सामाग्रीको माग अरबमा धेरै नै छ । तर, बिडम्बना नेपाल सरकारको स्वामित्वमा रहेको सिंहदरबार बैध खानाबाट उत्पादित औषधि तथा खाद्य बस्तुहरु नेपालमै पाउन गाह्रो भै सकेको अवस्था छ यतिबेला । बरु हरेक बजारमा पतन्जली तथा विभिन्न नेटवर्क मार्केटिङका बस्तुहरु जताततै पाइन थालेका छन् । नेपालको जडिबुटी औषधालय विस्थापित हुने अवस्थामा छन् भने रामदेवले सीमरामा भव्य जुडिबुटी औषधि कारखाना खोलेका छन् । यस बाट पनि के स्पष्ट हुन्छ भने सिहदरबार बैध खानामा धमिराले ठूलै काम गरेको छ । बेलैमा सम्बन्धित पक्षले ध्यान नदिए त्यो पनि अन्य थुप्रै सरकारी स्वामित्वमा रहेको कम्पनी जस्तै डुब्नेमा दुई मत छैन । त्यसैले सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ । उक्त कम्पनीबाट उत्पादित सामाग्रीहरु अधिराज्यभर तथा बिस्वका विभिन्न देशहरुमा पु¥याएमा राष्ट्रिय पुँजीको वृद्धि बिकासमा ठूलो सहयोग पुर्याउनेछ ।
नेपाल सरकारले ओमान तथा अरब देशहरुबाट पर्यटक भित्राउनका लागि हाम्रा प्राकृतिक श्रोत साधनलाई समाबेश गरेर अरबिक भाषामा ब्रुसर ( जानकारी शन्देश) तथा भिडियो डकुमेन्ट्री बनाएर प्रस्तुत गरेमा अझै प्रभाव बढ्ने छ भने विभिन्न कुटनैतिक नियोगमा छुटै पर्यटक डेक्स राख्न सकेमा झनै अझै प्रभावकारी नै हुने छ । मैले सुरुमा प्रस्तुत गरेको उदाहरणबाट नै स्पष्ट हुन्छ कि, पर्यटक भित्राउनका लागि पर्यटकको अति आबस्क छ ।
भर्खरै मात्र ओमानका लागि राजदूत सर्मिला पराजुली ढकालसँगको भेटमा ओमनका पर्यटनमन्त्री अहमिद विन नासिर विन हमिद अल महरिजीले नेपालको पर्यटन बिकास र आपसी सहकार्यको लागि द्विपक्षीय सम्झौता गर्न ओमान तयार रहेका वताएका छन । त्यो नेपालको लागि सकारात्मक त छदैँछ त्यसबाट नेपालले फाइदा कसरी लिने भन्ने कुटनैतिक तबरबाट योजना बनाउन जरुरी छ । यसका लागि नेपालको तर्फबाट कत्ति पनि ढिलो गर्नु हुदैन । त्यसले नेपालमा पर्यटक भित्राउन धेरै सजिलो आधार तयार पार्ने छ र यसबाट नेपालले सोचेजति पर्यटक भित्र्याउन सकेमा पर्यटन उद्योग फस्टाउने छ ।
अब आगामी दिनहरु नेपाल सरकार तथा नेपाली उद्यमीहरुले ओमानलाई आबश्यक पर्ने नेपाली वस्तुहरु ओमानमा भित्र्याउन लागि पहल तथा सुरुवाती गर्ने नै छन र जुन आबस्क पनि छ । अब आउने मस्कट महोत्सवमा नेपाली स्टल मात्र नभै नेपाली स्टल सहितको ठूलो नेपाली हाउस स्थापना गर्न नेपाल सरकार पर्यटन बोर्ड केही उद्यमी यहाँस्थित नेपाली संघ सस्थाहरु पनि लागि पर्नु पर्दछ ।
नेपाली हाउस यस्तो होस् जहाँ पस्नासाथ नेपालको प्राकृतिक सम्पदा सम्बन्धि सम्पूर्ण जानकारी, ट्राभलिङ प्याकेज सहितको ट्राभल डेक्स, नेपालमा उत्पादित सामाग्रीहरु बिक्रि बितरण गर्नको लागि विभिन्न सामानका पसलहरु हुनुपर्दछ । यसो गर्न सकेमा अन्य अरब मुलुकको तुलनामा थोरै नेपाली रहेको ओमानले पनि पर्यटक उद्योगमा ठूलो टेवा पुर्याई राष्ट्रिय पुँजी निर्माणमा योगदान पु¥याउने छ ।