जितगढी सम्झौता पत्र खरानी

0
237

बुटवल । ऐतिहासिक जितगढी किल्लामा स्थायी भारतीय पेन्सन क्याम्प राख्न नेपाल सरकारले ३ बिगाह जग्गा उपलब्ध गराउन गरेको संझौता पत्र स्थानीय आन्दोलनकारीहरुले जलाएका छन् । सो संझौता २०७३ साल फागुन १७ गते प्रचण्ड सरकार र भारत सरकारी बीच भएको थियो ।

बुटवल शहरको पुष्पलाल पार्कमा ऐतिहासिक जितगढी किल्ला बचाउ अभियान टोलीले सो संझौता पत्र जलाईएको बताइएको छ । सो अवसरमा बोल्दै राजमो पुर्ब महासचिव सन्तबहादुर नेपालीले– देशको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता जस्तो बिषय शासक दलले हलुका लिएको र भारतलाई रिझाएर सत्तामा जाने दाउ खेलेको बताए ।

यस्तै क्रान्तिकारी माओबादीका भुलबहादुर सुनारी, नेकपाका बिनोद खनाल, क्रान्तिकारी माओबादी नेता प्रेम सुबेदीले सम्बोधन गरेका थिए ।

राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओबादी, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माक्र्सवादी, बाम ध्रुबीकरण संयोजन समिति सम्मिलित अभियानले यस अघि स्थलगत अबलोकन, प्रधानमन्त्रीलाई ज्ञापन पत्र, अन्तर्कृया लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ भने पर्चा बितरण भेटघाट तथा छलफल गर्दै अन्य संघ संस्था बुद्धिजीवी समेतलाई सहभागी गराई थप नयाँ कार्यक्रम तय गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here