क्रान्तीको बिज बन साथी

0
375

सागर कुवर

प्रिय साथी ।
परिस्थिति जटिल मात्र होइन ।
वर्तमान लाजले पानी पानी भएको छ ।
लोक लज्जित मात्र भएको छैनन ।
रमिता हेर्न बाध्य भएका छन ।
हेर साथी ।
क्रान्ती प्रती बफादार, निष्ठावान बन्दा ।
उनको जालझेलको पर्खाल तोडिने भयो ।
उनको जालझेलको पर्खाल नतोडे ।
क्रान्ती बिजको बिजोक हुने भयो ।
झुट र वेइमानीको पर्खाल तोड्दा ।
प्रिय साथी तिमिलाई।
कठघरामा हतकडीले घेराबन्दी गरे पनि ।
त्यो हासीहासी स्विकार गर्नुपर्छ ।
तर, तोड्नु हुन्न आस्थाको अजय यात्रा ।
छोड्नु हुन्न क्रान्तीको बिज ।
रोक्नु हुन्न लडाई झुटका विरुद्ध ।
तिमिलाई मात्र होइन साथी ।
तिमी जस्तै धेरै निष्ठावानलाई ।
थुनिएको छ ।
हतकडी लगाइएको छ ।
बोले बन्दुक सोझाइएको छ ।
रोए मुख थुनिएको छ ।
ए साथी ।
लाग्छ होला उनलाइ गलाएर हराउँछु ।
नियमको नाममा पेलाएर हराउछु ।
विचरा! उनलाई ज्ञात भैदिए हुन्थ्यो ।
धोद्रो लागेको रुखमा चढ्ने हुन मुर्खहरु ।
नयाँ त एउटा ढलाए अर्को जन्मिन्छ ।
अर्को ढलाए सयौं जन्मन्छन ।
सयौं ढलाए हजारौं ।
न थुनिएर रोकिन्छ हाम्रो यात्रा ।
न गोलि पड्काएर रोकिन्छ हाम्रो यात्रा ।
आगो ओक्लनु पर्छ साथी ।
नडगमाइकन, नझुकिन ।
जीवन जाओस बरु ।
आस्था ढलाउन दिइनेछैन ।
ए साथी ।
तिम्रो आस्थाको पर्खाल ढलाउन सक्नेछैनन ।
तिम्रो गन्तव्यको तगारो बने पनि ।
रोक्न सक्ने छैनन ।
महा सङग्रामको भिषण लडाइमा ।
तिमी मात्र होइन साथी ।
धेरैलाई नथ्थी लगाइएको छ ।
स्वतन्त्रताको गला रेटेर ।
समानताको भजन गाइएको छ ।
उनिहरुलाई त्यो वैधानीक हो ।
कानुन त साथी तिमि हामीलाई हो ।
उनी त महाराज न परे ।
उनले मरत्य, पातल र स्वर्गको वयान गर्छन।
पिन्ज्डाको वुलवुल भित्र पनि उनको वयान भेटिन्न ।
र पनि भन्दैछन, एक दिन भेटिन्छ ।
तर, यहाँ त्यो भेटिन्न साथी ।
वाज बनेर उड साथी ।
तिनको क्याममा टोर्नाडो बनेर आउ साथी
भोकै भएर केही फरक पर्दैन।
नाङ्गै भएर केही हार हुदैन ।
क्रान्तीको बिज बन साथी
हेर साथी ।
मुखले फुकेको बेलुन फुट्न समय लाग्दैन।
न त्यो उडेर आकाशतर्फ नै जान सक्छ ।
एउटा कुरा साथी ।
हामीले वुलडोजर लगाउनु पर्नेछ ।
महान यात्राको लागि ।
महासङग्रामको लागि ।
सुन्दर भविष्यको लागि ।
सुन्दर विजयको लागि । म

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here